गजल By, मानन्धर अभागी
मेरो क्रोध न वन्दुक न त सरोकार सँग
मेरो क्रोध निरंकूश त्यो दरवार सँग
हिजो पनि आज पनि आखिर उस्तै सरकार
गुनासो तिमीसँग हैन आफ्नै यो निधार सँग
न तिमीसँग हुनेछ न त मेरै वावुसँग
मेरो समर्थन हुनेछ असल विचार सँग
मैले गरेको यो क्रान्ति आफू धनी बन्न हैन
देशलाई मुक्ति दिलाउन याँको भ्रष्टाचार सँग
प्रचण्ड त्यो घामले डढेर खरानी होस्
मलामीसँग रिस छैन मात्र गुठीयार सँग ।
मानन्धर अभागी