जीवन ;
बलेपछि आखिर पग्लिनु नै छ
थुप्रेपछि पीर अग्लिनु नै छ
जति भत्किए पनि टुक्रिए पनि
थेगिए जीवन सग्लिनु नै छ
जिन्दगीको समिप;
कहिले यो मन हँसाउछ
कहिले नयन रसाउछ
जिन्दगीको समीप आउनेहरू
कसैले उठाउछ कसैले खसाउछ
कोही;
कतै जिन्दगी जोडिदै जान्छ
कतै जिन्दगी तोडिदै जान्छ
हिँड्दा हिँड्दै कहीँ भेट्दै
कहीँ कोही छोडिदै जान्छ
राकेश कार्कीका
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस