गजल By, दान राई "झरी"
बहत्तरको आगमनमै बर्वाद भयो देश
बाह्र बजे बाह्र वैशाख सखाप भयो देश
यस्तो आयो भुकम्प नि गोर्खा विन्दु बनाई
ध्वस्त बनाई चिरिएसी खल्लाँस भयो देश
जता-ततै लासै लासको बिस्कुन देख्दा खेरि
एक पल त लाग्थ्यो मसान-घाट भयो देश
छिमेकीले यस्तो भन्यो साह्रै गरिब राष्ट्र
विश्व सामु र त आज बद्नाम भयो देश
खरबौं ति विदेश बाट राहत भित्रिए नि
कंगाल माथि भन्छु झनै कंगाल भयो देश
दान राई "झरी"
उदयपुर