भूकम्प पीडितलाइ अस्थाई तथा दिर्घकालिन योजना

काठमान्डू जेष्ठ १,

नारीदर्पण : भूकम्प प्रभावित क्षेत्रमा अस्थिया बसोबासको व्यवस्था सहित जनजीवन सामान्य बनाउन राष्ट्रिय योजना आयोगले अल्पकालिन तथा दिर्घकालिन योजना तयार गरेकोछ।

गत वैशाखमा पटक पटक गएको महाभूकम्प बाट बार बिहिन हुन पुगेका सर्वसाधारणलाइ बर्षा यम सुरु हुन अगाबै आयोगले छ महिना देखि दुई बर्ष सम्म प्रयोग गर्न सकिने गरि पुनरबसको योजना तयार गरेको हो ।

उक्त योजना अन्तर्गत प्रति परिवार दुई बन्डल जस्तापाता र त्यसका लागि आबयक पर्ने किला, काँटी सहित घरबारको व्यबस्था गरिने छ ।

त्यसैगरी प्रभावित क्षेत्रमा बिद्यालय स्वास्थ्य चौकी स्थानीयका कार्यालय लगायतका अति आबस्यक सेवाका भवन समेत निर्माणका लागि आयोगले योजना अगाडी बढाएकोछ । योजना अनुसार संकट ग्रस्त चौध जिल्लामा घरबार बिहीन भएका सर्वसाधारणलाइ आबस्यकता अनुसार खाद्यान्नको समेत व्यबस्था गरिने आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले जानकारी दिएका छन् ।

आयोगले घबार बिहीन भएकालाई कम्तिमा खाद्यान्नको व्यबस्था गर्नु पर्ने विश्वमा प्रचलित मान्यता अनुसार सरकारले परनिर्भरता नबढाउने गरि आधारभूत आबस्यकता पुरा गर्ने पनि जनाएको छ ।

ग्रामिण क्षेत्रका सत्तरी प्रतिसत घर जस्तापाता बाट बनेको अनुमानका आधारमा सरकारले बर्षा सुरु हुनु अघिनै निजि क्षेत्रको सहयोगमा जस्तापाता पुर्याउने तयारी गरेको उपाध्यक्ष पोकरेलेल बताउनु भएकोछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com