युवतीको हत्या गरि फाल्न लाग्दा पक्राउ

भद्रपुर, १६ जेठ,

झापाको काँकडभिट्टास्थित सिलोङ होटलकी सञ्चालिका ४२ वर्षीया माया मुक्तानले गएराति एक युवतीलाई हत्या गरी फाल्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ । 

विर्तामोड निवासी मृतक युवती २० वर्षीया मन्दिरा विक केही दिनदेखि त्यही होटलमा बस्दै आएकी थिइन् । हत्याको कारण थाहा हुन नसके पनि प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा होटेल सञ्चालिकाकी छोरा विजय तामाङ, मनोज तामाङ र काभ्रे निवासी कुमार तामाङलाई पनि राति नै पक्राउ गरिसकेको छ । 

ती युवतीलाई राति ११ बजे चाकुले घाँटी रेटेर हत्या गरी मेचीनगर नगरपालिका–१० स्थित फोहर पानी बग्ने ठाउँमा १ बजे फाल्ने क्रममा मुक्तानलाई पक्राउ गरेको प्रहरी जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com