रत्ननगर, १० जेठ,
शिशिर सिम्खडा : पूर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामबेसीको चेपाङ
संरक्षण केन्द्रमा आश्रीत बालबालिकालाई सहयोग गरीएको छ ।
हङकङ नागरीक मिसमो ले उपलब्ध गराउनुभएको २० बोरा
चामल,५० थान झुल र चेपाङ किसोरीहरुका लागी सेनेटरीका
सामान चितवन क्षेत्र न.२ का सभासद शेषनाथ अधिकारी, रत्ननगर
उद्योग वाणिज्य संघका महासचिव देवेन्द्रकुमार श्रेण्ठले आज
केन्द्रमा पुगी हस्तान्तरण गर्नुभएको थियो ।
हस्तान्तरण
कार्यक्रममा सभाषद अधिकारीले चेपाङ बालबालीकाको शिक्षा
पाउने अधिकार कसैले खोस्न नपाउने भन्दै यस अभियानमा
आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।
केन्द्रले अहिले
सम्म सञ्चालन गरीरहेको अभियान अन्तर्गत चेपाङ बालबालीकाको
शिक्षाको निम्ति राज्यले पनि लगानी गर्नको लागी संसदमा आवाज
उठाउने उहाले बताउनुभयो । सो केन्द्रमा अहिले करीब १ सय
चेपाङ बालबालीका आश्रीत रहेका छन ।