गौशाला जेठ ९,
होत्तरीको जिल्ला अस्पताल जलेश्वरले वैशाख १२ को विनाशकारी भूकम्प र पटकपटक भइरहेको पराकम्पणका कारण जिल्लामा मानसिक स्थिति बिग्रेकामध्ये दैनिक ५० जना बिरामीलाई उपचार र परामर्श दिइरहेको छ ।
विनाशकारी भूकम्प र पटकपटक आउने गरेको भूकम्पका झट्काबाट मन मस्तिष्कमा गहिरो असर परेका बिरामी अहिले जिल्ला अस्पताल जलेश्वरमा आउने गरेको चिकित्सक सतिश साहले बताए ।
भूकम्पको पटक पटकको पराकम्पनबाट बिरामीमा निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने, रक्तचाप बढ्ने, हातखुट्टा काम्ने र डराएको लक्षण देखिने गरेको र त्यस्ता बिरामीलाई उपचार गर्नुका साथै यस्तो अवस्थामा नडराउनु, नआत्तिनु र साहसपूर्वक बस्नु भन्ने परामर्शसमेत दिने गरेको डा साहले बताए ।
अस्पतालमा आउनेमा बढी महिला तथा बालबालिका रहेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ । रासस :