काठमान्डू बैशाख ३०,
नारीदर्पण : पाकिस्तानको कराचीमा बन्दुकधारीहरुले बसमा आक्रमण गर्दा त्रिचालिस जनाको ज्यान गएकोछ भने बीस जना घाइते भएका छन् ।
तीन वटा मोटरसाइकलमा आएका छ जना बन्दुकधारिले यात्रु बसलाई रोकेर अन्दाधुन्दा गोलि हानेको प्रहरीलाई उद्घृत गर्दै अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।
उक्त बसमा सिया समुदायका साठ्ठी भन्दा धेरै यात्रुहरु थिए । घाइते भएकाहरुको उपचार नजिकै रहेको मेनन अस्पतालमा भैरहेको छ । पाकिस्तानमा अल्प संख्याक सिया समुदायलाइ लक्षित गरि सुन्नी विद्रोहीले आक्रमण गर्ने गरेका छन् । तर यस आक्रमणको भने कसैले पनि जिम्मेवारी लिएका छैनन् ।