इज़रायलमा रहेका नेपालीहरुले यसरी प्रार्थना गरे

तेल अभिव (इज़रायल) बैशाख १९,

नारीदर्पण : गत २५ अप्रिल शनिबार २०१५ का दिन नेपाले मा गएको महाप्रलयकारी भूकम्पले यतिखेर देश र सारा जनता मर्माहित हुन पुगेका छन् । बैदेशिक देशिक रोजगारको सिलसिलामा मध्ये पुर्व इज़रायलमा कार्यरत नेपालीहरुले हिजो साँझ इज़रायलको तेल अभिव शहरमा हजारौं क्यान्डल बाली महाप्रलयकारी भूकम्पले दुकाएको शोकपूर्ण देशलाई सम्झिए ।

साप्ताहिक छुट्टीमा निस्किएका नेपालीहरुले तेल अभिवाको चिल्ड्रेन पार्कमा क्यान्डल बाट नेपालेको नक्सा बनाइ त्यस भित्र नेपाल लेखिएको थियो र सुन्दर क्यान्डल बाटनै नेपालको राष्ट्रिय झण्डा पनि बनाएका थिए । अंग्रेजीमा PRAY F0R NEPAL लेखि सबैले मातृभूमीलाई सम्झिए ।  विभिन्न विवस र बाध्यताले आफ्न मातृभूमी बाट कोशौं दूर रहे पनि नेपाल दुखेको यस घडीमा सम्पूर्ण नेपालेहरु दुखेका छन् , रुयेका छन् । र, साथै आ-आफ्नो ठाउँ बाट साथ् र सहयोग जुटाउन हर सम्भव लागि परेका छन् । तस्विर, पुष्प कार्की :



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com