चितवन ०९ जेठ
होमनाथ सापकोटा : पूर्वी चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ
संरक्षण केन्द्रलाई स्नान घर(वाथरुम) निर्माणको लागि आर्थिक
सहयोग प्राप्त भएको छ ।
नेपाली डाक्टर एसोसियशन युकेका
जनरल सेक्रेटरी डा सविन जोशीले केन्द्र भित्र अस्थायी वाथरुम
निर्माणको लागि ४५ हजार ५ सय रुपैया सहयोग गर्नुभएको
हो । विर अस्पताल काठमाडौंका नाक,कान,घाँटी विभाग प्रमुख
डाक्टर ढुन्डिराज पौडेलका साथ केन्द्रमा पुगेर डाक्टर
जोशीले सो रकम हस्तान्तरण गर्नुभएको हो ।
साथै डाक्टर
जोशीको टोलीले केन्द्रका बालवालिकाहरुका लागि ५ वोरा
चामल,१ बोरा चिउरा,५० किलो दाल,साबुन लगायतका सामाग्री
सहयोग गरेको थियो । केन्द्रमा वाथरुम नहुँदा हुर्कदो उमेरका
चेपाङ किसोर किसोरीहरुलाई समस्या हुदै आएको थियो । चेपाङ
किसोर किसोरीहरुको समस्या बुझेर डाक्टर जोशीले गरेको
सहयोग महत्वपूण रहेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले
बताए ।
सो अवसरमा डाक्टर जोशीले केन्द्रको क्षमता र गुणस्तर
वृद्धिको लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै डाक्टर ढुन्डिराज पौडेलले चेपाङ वालवालिकाहरुको
सहयोगको निम्ती देश विदेशमा रहेका शुभचिन्तकहरु बीच
नेटवर्किङ विस्तार गरिरहेको बताउनुभयो ।