आज धुम्रपान दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

शुक्रबार जेठ १५,

नारीदर्पण : आज धुम्रपान दिवस , विभिन्न कार्यक्रम गरि मनाइदैछ । यस दिवसका अवसरमा विभिन्न संघ संस्थाले सुर्तीजन्य पदार्थको गैरकानूनी कारोबार रोकौं भने नाराका साथ सचेतनामुलक अभियान थाल्दै छन् ।

सरकारले चुरोट र सुर्तीजन्य पदार्थको न्यूनीकरण गर्ने प्रयास थाले पनि त्यो प्रभावकारी हुन सकेको छैन । चुरोट सुर्तीका बट्टामा यसको प्रयोगले सस्थ्यमा हानि पुर्याउने लेखेको रंगिन चित्र टास्न र सार्वजनीक ठाउँमा धुमपान नगर्न सरकारले भनेपनि त्यसो सकिरहेको छैन ।

सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खानेलाई कारवाही गर्ने भनि सरकारले बताए पनि फितलो अनुगमनका कारण बिद्यालय , पसल तथा सार्वजनिक गाडीमा धुमपान गर्नेहरु उत्तिकै भेटिन्छन ।

सरकारी तथ्यांकका अनुसार पछिल्लो समय चुरोट सुर्ती खानेको संख्या बढ्दै गएकोछ । बेरोजगार, तनाव जस्ता कारणले युवा पुस्ता चुरोट र सुर्तीजन्य लतमा फस्न थालेका छन् । चुरोट र सुर्तीजन्य पदार्थ नखाए क्यान्सर जस्ता डरलाग्दा रोग बच्न सकिन्छ ।

चुतोर सुर्ती खाँदा मुख घाँटी पेट मृगौला फोक्सो लगायतमा क्यान्सर हुने भएकाले यस्तो लतबाट टाडा नै रहन र बच्न डाक्टरले सुझाब दिएका छन् । विश्व स्वास्थ्य संगठन का अनुसार धुमपानका कारण विश्वामा हरेक बर्ष साठिलाख मानिसको ज्यान जाने गरेको छ । अरुले खाएको चुरोट र सुर्तीको धुँवाका कारण छ लाख मानिसको ज्यान जाने गरेको तथ्यांकछ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com