वाशिंगटन डिसी जेठ ११,
विजय थापा : अमेरिकामा मुलत घरबार बिहिन तथा अशक्तलाई खाना खुवाउने तथा अन्य सहयोग गर्ने मुख्य उद्देस्य रहेको संस्था एचडिएनपीले टेक्सासको डलसको आर्लिंगटनमा रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा त्रैमासिक रुपमा संचालनमा भै रहने कार्यक्रम अन्तर्गत रगतदानको आयोजना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियका संस्थापक देवी आचार्यले बताए ।
डलसको आर्लिंगटनमा सम्पन्न रक्तदानमा १८ जनाले रगत दान गरेका थिए भने संस्थाको तर्फ बाट सबै रक्तदाताहरुलाई संस्थापक आचार्यले धन्यबाद दिएका छन् ।
र ,गत वैशाख ४ गते सोमबार विनाशकारी भुकम्पका कारण घाईते भएकाहरूको स्वास्थ्य उपचारमा सहयोग पुराउने उदेश्यले काठमाडौँको त्रिभुवन बिमान स्थलको प्रवेस द्वारमा रक्तदान कार्यक्रम पनि गरेको थियो ।
यसै गरि संस्थाले भूकम्प पिडित परिवारलाई प्रभावित जिल्लामा खाध्य तथा राहत सामग्री वितरण गरेको थियो भने हालै यस संस्थाको शाखा कार्यालय झापामा पनि बृद्ध आश्रममा रहेका बृद्ध महिलाहरुलाई आर्थिक तथा अन्य खाध्य सामग्री वितरण गरेको छ ।