सरकारले सहयोगीको हात बाँधीदिएकोछ

काठमान्डू बैशाख १८,

बबिता बस्नेत : भुकम्प पीडितका लागि सहयोगी मन र हातहरु फैलिरहेका छन । तर पीडितले सहयोग पाउन सकि रहेका छैनन । सरकार भन्छ, सबै सहयोग सरकार मार्फत जानु पर्छ ।

हाम्रो सरकारी संयन्त्र कछुवा गतिमा छ । गाउँ गाउँमा गएर बर्षौ देखि काम गर्दै आएका सामाजिक संस्थाहरुलाई प्रत्यक्ष सहयोग गर्न रोकिएको छ । हुँदै हुँदै राहतका नाममा खोलिने खाताको सबै पैसा सरकारी खातामा जाने नियम बनाइयो ।

सरकारी खातामा गएको पैसा र सहयोग के हुन्छ भनेर उदाहरण खोज्न हामी टाढा जानु पर्दैन, तिन बर्ष अघि दार्चुलामा आएको बाडी र त्यसबाट पीडित भएकाहरु सम्म पुगे हुन्छ । त्यतिबेला अर्बौ पैसा उठ्यो तर पीडितले अहिले सम्म राहत पाएका छैनन, आखिर कहाँ गयो त्यो पैसा? एयरपोर्ट र बिभिन्न नाकामा अहिले राहतका पोकाहरु थन्किएका छन, तर सामाजिक संस्थाहरु त्यसलाई लिएर सर्बसाधारणलाई बाड्न सक्ने अवस्थामा छैनन, सरकारले हात बाँधी दिएको छ ।

सरकारले हिजो गठन गरेको बिपद ब्यवस्थापन समितिमा सबै सरकारी कर्मचारी मात्र छन, यस्तो पनि हुन्छ? यस्तो बेलामा त बिभिन्न संघ संस्थालाई बिभिन्न मुलुक र आफ्नै नागरिक तथा संघ संस्थाहरुबाट उठेको सहयोग गाउँ गाउँमा गएर बितरण गर्न सामाजिक संघ संस्थाहरुलाई सरकारले आह्वान गर्नु पर्ने हो । यदि आपत बिपदमा सबै कुरा सरकारले मात्रै गर्ने भए यतिका संस्था किन दर्ता गरेको?

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com