भूकम्प पीडितका लागि इज़रायलमा कार्यरत फिलिपिनीहरुले गरे यस्तो कार्यक्रम

तेल अभिव (इज़रायल) बैशाख २०,

नारीदर्पण : मानवीय भावनाको रङ्ग कस्तो हुन्छ त्यो कसैलाई पनि थाहा छैन तर यस प्रकारको रङ्गमा भने पक्कै निस्वार्थ परोपकारी भावनाछ । 

भर्खरै नेपालमा गएको विनासकारी महाप्रलय भूकम्पले दिएको आँशुले नेपालीलाई मात्रै होइन बल्कि विश्वलाइ नै रुवायेकोछ । त्यस दुखाइमा समबेदनाको मल्हम बन्न इज़रायलमा कार्यरत फिलिपिनीहरुले राहत संकलनका लागि तेल अभिव शहरमा एक सांगीतिक कार्यक्रम गरे । फिलिपिन, इज़रायल र नेपालको राष्ट्रिय झण्डा नजिक सुन्दर क्यान्डलले नेपाल लेखिएको थियो । उक्त कार्यक्रममा नेपाल र फिलिपिनको राजदुत ज्यु हरुको पनि उपस्थिति रहेको थियो साथै राजदुताबास परिवारको पनि । 
भूकम्प पीडितका लागि राहत संकल गर्ने हेतु आयोजित उक्त कार्यक्रम गर्ने सम्पूर्ण फिलिपिनी टीममा हार्दिक हार्दिक कृतज्ञछौं । यस सदभाव र स्नेही पूर्ण भावनाले हामी बीच अझ सामिप्यता बढाएको छ । 
तस्विर-सुन्दर नेपाल/किरण लामा :




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com