चट्याङ्ग र पहिरोमा चार जनाको मृत्यु

काठमाण्डौ जेठ ६,

नारीदर्पण : चट्याङ्ग र पहिरोमा परि तनहुँमा चार जनाको मृत्यु भएकोछ । चट्याङ संगै आएको चट्याङ्गमा परि घरमै सुतिरहेका कोट दरवार छ ठाप्सुवारा निबासी पैतिस बर्षीय हस्त बहादुर थापा र उहाकी भाउजु एकचालीस बर्षीय झरिमाया थापाको मृत्यु भएको हो ।

चट्याङ्गपरि बेहोस कोट दरवार १ पुरानो रिसिंम निबासी अठार बर्षीय वालु थापाको अझैं होस् खुलेको छैन । उपचारका लागि उन्लिया भिमार्द लागिएको स्थानीय बासि दान बहादुर श्रेष्ठ ले जानकारी दिएका छन् ।

यसै बिच बर्षापछी गएराती गएको पहिरोमा परि आबु खैरेनी आठमा दुई किशोर को मृत्यु भएको छ । राजमार्गको  माथि बाट खसेको पहिरोमा परि ना १८ प २९५५ नम्बरको मोटरसाइकलमा सवार स्थानीय पन्द्र बर्षीय गणेश थापाको ज्यान गएकोछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com