इज़रायलमा २५५९ औं बुद्ध जयन्ति मनाइयो

तेल भावी (इज़रायल) जेष्ठ २,

नारीदर्पण : आज इज़रायलमा २५५९ औं बुद्ध जयन्ति भव्यताका साथ् सम्पन्न भएको छ । मगर समाज इज़रायल को मूल आयोजकत्वमा तथा इज़रायल स्थित अन्य सम्पूर्ण  संघ सँस्थाको सह आयोजनामा कार्यक्रम सफलतापुर्वक सम्पन्न भयो । 

मूल आयोजक संस्था मगर समाजको अध्यक्ष बसन्त मगरको सभापतित्वमा तथा इज़रायलका लागि नेपाली राजदुत महामहिम श्री प्रल्हाद कुमार प्रसाईं ज्यु को प्रमुख आतिथ्यमा साथै महामहिम पत्नी सिता प्रसाई ज्यु , दितीय सचिव श्रीमती रोशन खनाल ज्यु लगायत राजदुताबास परिवारको उपस्थिति रहेको थियो । साथै इज़रायलमा एकाबद्ध गरि खुलेका विभिन्न संघ संस्थाहरु, संचार क्षेत्र लगायत यहाँ स्थित कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको निकै राम्रो उपस्थिति रहेको थियो । बिहान १० बजे सुरु भएको कार्यक्रम अपराहन्न साढे दुईमा समापन भयो ।
नेपालमा गत  बैशाख १२ गत्ते गएको अकल्पनीय महाप्रलयकारी भूकम्पले दिएको आहत/दुखाइ  इज़रायल स्थित कार्यरत नेपालीहरुले आज बुद्ध जयन्ति मनाउदै साटासाट गरे । शान्तिका अग्रदुत भगवान गौतम बुद्धमा  प्रार्थना गर्दै देशको दुखाइलाई केहि क्षण भए पनि एकार्कामा बाडे । उपस्थित जनसंख्याले एकाबद्धताका साथै देशको दुखाइमा एकजुट भै उभिएको आभास हुन्थ्यो ।
उक्त कार्यक्रममा नेपालमा गएको शक्तिशाली भूकम्प मा परि ज्यान गुमाउन पुग्नु भएका सम्पूर्णमा हार्दिक श्रद्धान्जली तथा भूकम्प का कारण घाइते हुन पुग्नु भयको सम्पूर्णमा सिघ्र-स्वास्थ्यको कामना गरिएको थियो ।
राष्ट्रिय गान संगै सुरु भएको कार्यक्रम पूजारी लामाले विधिवत रुपमा पूजा गरि अघि बढेको थियो । कार्यक्रमको मध्यान्तरमा मन्तव्य राख्ने क्रममा नेपाल तामाङ्ग घेदुङ्ग इज़रायलका अध्यक्ष बीबी लामा तामाङ्ग ज्यु, इज़रायाल्मा भूकम्प पीडित सहयोग संकलन सम्बन्धिमा पुष्प श्रेष्ठ ज्यु , नेपाल आधिवासी जनजाति  महासंघ का अध्यक्ष सुन्दर सिंह तामाङ्ग योन्जन ज्यु, नारीका लागि नारी बाट शुभद्रा भण्डारी ज्यु , मुक्तक प्रतिष्ठान इज़रायल बाट श्रीमती सुचित्रा खनिया ज्यु, लगायत इज़रायाल्का लागि नेपाली राजदुत महामहिम श्री प्रल्हाद कुमार प्रसाईं ज्यु ले निकै गहन तथा बर्तमान अबस्था बारे माननीय कुराहरु राख्नु भएको थियो ।
कार्यक्रममा पूजारी लामाले विधिपूर्वक पूजा गर्नु भएपछी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले क्रमि सँग पूजा गर्नु भयो । कार्यक्रम स्थलको दायाँ पट्टि प्रवेसाग्य द्वारमा सम्पूर्ण आगन्तुकलाई नाम तथा हस्ताक्षर गर्ने कार्य केहि सयम सेवकले हुँदै गर्दा नजिकै सहयोगको बक्स (Donation box) पनि राखिएको थियो । कार्यक्रम अत्यन्तै उत्साह र सोहार्द्रतापूर्ण वातावरण मा सफलातापुरक सम्पन्न भयो । यस दुखद घडीमा नेपाललाइ सम्झिदै एक जुट हुन आउने नेपालीको उपस्थिति करिब तीन सयको  हाराहारीमा  थियो । यसै कार्यक्रममा इज़रायाल्मा विभिन्न शहरमा कार्यरत नेपालीहरुले भूकम्प पीडितका लागि संकलन गरेका सहयोग रकम सम्बन्धित अभियन्तालाइ हस्तान्तरण गर्यो ।
यस पबित्र कार्यक्रमको उत्तरार्धमा पर्साद खानेकुरा (खीर, तरकारी, अचार, सेलरोटी, पुरी, पानी, जुस) अत्यन्त संयमित र अनुसाशित तरिकाले वितरण भयो । कार्यक्रमको अन्त्यमा आयोजक संस्था मगर समाज इज़रायलका अध्यक्ष बसन्त मगर ज्यु ले देशै दुखेको यस दुखद घडीमा यो एकाबद्धता प्रति हार्दिक आभार व्यक्त गर्नु हुँदै  यस पवित्र बुद्ध जयन्तिमा उपस्थित राजदुत परिवार लगायत विभिन्न संघ संस्था , संचार माध्यम तथा सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो ।















Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com