ह्युमन बिङले नेपाललाइ सहयोग गरेको छैन-सलमान खान

मुम्बई बैशाकः २०,

बलिउड अभिनेता सलमान खानले आफ्नो एनजिओ बिङ ह्युमनले नेपालमा कुनै सहयोग नगरेको स्पष्ट पारेका छन्।

नेपालका भूकम्प पीडितलाईसहयोग गरेको हल्ला फैलिएपछि सलमान खानले फेसबुकमा ह्युमन बिङले भारतका लागिमात्र काम गर्दै आएको र नेपालका भूकम्प पीडितलाई कुनै सहयोग नगरेको स्पष्ट पारेका छन्।

'बिङ ह्युमनले नेपालका भूकम्प पीडितलाई सहयोग गरेको समाचार झुटो हो,' उनले फेसबुकमा लेखेका छन्। यद्यपि बलिउड हस्तीहरुले भने नेपाल भूकम्प पीडितहरुका लागि राहत संकलन अभियान सञ्चालन गरिरहेका छन्। एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com