चेपाङ वालवालिकालाई एसओएसको सहयोग

रत्ननगर २२ बैशाख

होमनाथ सापकोटा : गामवेसीको चेपाङ केन्द्रको सेक्टर नं.२ घेगौलीमा आश्रित भूकम्प पिडित चेपाङ वालवालिकाका शिक्षा र आवासीय सुविधाको लागि एसओएस वालग्राम भरतपुरले सहयोगको घोषणा गरेको छ ।

केन्द्र अन्र्तगतको सेक्टर नं.२ मा आश्रित सम्पूर्ण चेपाङ वालवालिका भूकम्प पिडित भनेपछि वालग्रामले उनीहरुलाई लाग्ने सबै खर्च वेहोर्ने भएको हो । वालग्रामले त्यहा रहेका ५२ जना चेपाङ वालवालिकालाई आवश्यक पर्ने लत्तापकडा,स्टेशनरी र खाद्यान्न सामाग्री वेहोर्ने भएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।

वालग्रामले केन्द्रका वालवालिकाका लागि आपतकालिन भूकम्प राहात कार्यक्रम अन्र्तगत अल्पकालिन दिवा स्याहार सेवा सुरु गरेको हो । मंगलवार केन्द्रका अध्यक्ष शर्मा र वालग्रामका योजना निर्देशक भोलानाथ पौडेल बीच वालग्रामले सहयोग गर्ने विषयमा सहमति भएको छ ।

सो अवसरमा वालग्रामका योजना निर्देशक पौडेलले चेपाङ वालवालिकालाई शिक्षा प्रदान गर्न सुरु गरिएको केन्द्रको अभियानलाई दीर्घकालिन रुपमा सहयोग गर्ने विषयमा पनि आफू गम्भीर रहेको बताउनुभयो । केन्द्रले भर्खरै मात्र भूकम्प पिडित ५ जना चेपाङ वालवालिकालाई उद्धार गरी सो सेक्टरमा राखेको थियो ।

सो सेक्टरमा रहेका ५२ जना चेपाङ वालवालिकाहरुको घर भूकम्पले क्षति पु¥याएपछि उनीहरु भूकम्प पिडित बनेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com