पहिरोले अबरुद्ध बेनी सडक खुलाउन २० दिन लाग्ने

शुक्रबार जेठ १५,

नारीदर्पण : पहिरोले कालिगण्डकी थुनिदा अबरुद्ध बनेको बेनी जोमसोम सडक खण्ड खुलाउन कम्तिमा बीस दिन लाग्ने भएकोछ । सडक बिभाग नेपाली सेनाको इन्जिनियार टोलीले दुई दिन सम्म गरेको बिस्तृत अध्यायन अनुसार करिब एककिलो मिटर सडकको नयाँ ट्रयाक खुल्नु पर्ने देखिएको सडक निर्देशन कार्यालय बाग्लुंगका डिभिजन प्रमुख राजेश प्रसाद पौडेल ले जानकारी दिनुभएको छ ।

त्यसका लागि आबस्यक पर्ने सबै उपकरण हामीले सम्बन्धित स्थानमा पुर्याउदै छौं तत्काल काम सुरु गर्न तालको पानी घट्नु पर्छ डिभिजन प्रमुख पौडेलले भने । गत आइतबार १ बजेदेखि  राम्छे नौ काफल डाँडा बाट खसेको पहिरोले १७ घण्टा कालिगण्डकी थुनियेपछी रबैसरी र आसपासका क्षेत्रमा करिब दुई किलो मिटर सडकमा क्ष्यति पुर्याएको थियो ।

पुरानो सडकको भाग भन्दा धेरै माथि बाट नयाँ ट्रयाक खुल्नु पर्ने प्राविधिकको भनाईछ । बुधबार देखि नेपाली सेनाले कृतिम रुपमा बनेको ताललाई हटाउन बिसपोटक पदार्थ प्रयोग गरिरहेकाले केहि दिन भित्रै काम सुरु गर्ने सडक विभाg तयारी रहेको जानकारी दिएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com