भूकम्पका कारण गर्भवती त्रसित हुँदा कमतौलको बच्चा जन्मिदै

बिहिबार जेठ ७,

नारीदर्पण : भूकम्पका कारण गर्भवती अबस्थामा तनाव र आत्तिने समस्य भएकाले अहिले जन्मिने बच्चा कम तौलका रहेको डाक्टरले बताएका छन् ।

आमा तनाव मा आउँदा र आत्तिंदा पाठेघरको हर्मोन छिटोछिटो परिबर्तन हुने भएकोले कम तौल र निर्धारित समय भन्दा अघि नै बच्चा जन्मिने गरेको शिक्षण अस्पतालका डाक्टर मनुरिद्धीन सैयातले बताउनु भयो ।

भूकम्पले सुत्केरी र गर्भवतीलाई केहि असर नगर्ने भए पनि त्यसपछि उतपन्न तनाव र त्रास का कारण धेरै सुत्केरी र गर्भवतीमा अहिले सम्ममा समस्य देखिएको छ । 

आत्तिने समस्यकै कारण पानी बग्ने तथा छिटो ब्यथा लाग्ने र बच्चा पनि कम तौलको जन्मने डाक्टर सैयतले बताउनु भयो । डाक्टरहरुका अनुसार सामान्यतय सैतिस देखि चालिस हप्तामा बच्चा जन्मन्छ । उनीहरुले सुत्केरी र गर्भवतीलाई तनाव नलिना र नआत्तिन आग्रह पनि गरेका छन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com