एस.बि. लेडिज टेलर एण्ड कस्मेटिक धादिङ जिल्लाको सल्यानटार गा . बि . स . वडा नम्बर ८ बिशालनगर ( आरुघाट ) मा अवस्थित छ । एस. बि. को अर्थ सबिना र बाबुराम दुइ नामका पहिला अक्षर हुन् ।
उक्त पसल (टेलर) की संचालिका सबिना लामिछाने चौलागाईं हुन् । सिन्धुपाल्चोक सिपापोखरे मा जन्मिई काठमान्डौमा हुर्कियकी सबिनाको बाल्याकाल परिवार संगै सुखद बित्यो । उनले बिध्यालय स्तरका नृत्य , कबिता लेखन बाचन प्रतियोगितामा पनि उल्लेखनीय प्रसंसा पाइसकेकी थिईन् । भक्तपुर जिल्ला ठिमीको श्री गणेश माध्यमिक बिध्यालय बाट एस एल सी दिदासम्म अनुसासित र लगनशिल मेहनेती छात्राको परिचय बनाई सकेकी थिईन् ।
एस एल सी पछी गोर्खा जिल्ला तान्द्राङ गा. बि. स. वडा नम्बर १ का बाबुराम लामिछाने संग प्रेम बिवाहामा बाँधिन पुगिन् । बिवाहा पछी जन्मघर बाट कर्मघर सरेपछि उनले त्यहाँ बिल्कुलै भिन्नता पाइन् । काठमान्डौमा हुर्कियकी चेली त्यसमाथि भर्खरै एस एल सी दिएकी किसोरीले पराइघरको रहनसहन अनि रुढीबादी समाजमा घुलमिल हुन त्यति सहज पक्कै थिएन । शिक्षाको उज्यालो घामबाट बन्चित समाजका अगुवाहरुले गरेका कतिपय निर्णयहरु अहिलेका नयाँ पुस्तालाई साँगुरा छन् । हाम्रो गाउँघरमा जरो गाडेर बसेका ती पुरानो रीतिथिति, कुसंस्कारहरु आफुलाई उचित नलागे पनि स्वीकार गर्नुपर्ने पछिल्लो पुस्ताको बाध्यता को अन्त्य अझै पनि भएको छैन ।
त्यसमा पनि दुर्गम बस्तीका बासिन्दाहरुको प्रमुख पेशा खेतीपाती हो किसानको घरमा खेतीपाती गर्न नजानेको मान्छे कामै लाग्दैन । आफुले नजानेको काम भएपनि केहि समय सिक्ने र परिवार संगै मेलो/खेतीपाती गर्ने र कर्मघरमा रमाउने मन त थियो तर कठोर मेहनत, परिश्रमम गर्दा पनि परिवारले जसै दिएनन् । काम नजान्ने भन्दै निरन्तर मानसिक यातना दिन थाले/दिईरहन्थे ।
अनि बिस्तारै खेतीपाती बाहेकको अर्कै पेशा गर्ने सोच आयो । दुर्गम बस्तिहरुमा एउटी बुहारीले गरेको निर्णयले बैधानिकता पाउनु आफैंमा चुनौतिको बिषय हो । उनलाई आत्मनिर्भर हुनुमा श्रीमान बाहेक अरु परिवारका सदस्यहरुको असहमति थियो । सविनाले सिप कुनै सिकेर आत्मनिर्भर हुने इच्छा थियो र त्यसमा उनको श्रीमानको पूर्ण साथ् र समर्थन । तर श्रीमानको बाहेक सासु, ससुरा र देवरहरुले निकै ठुलो भाँजो हाले । तै पनि कठोर चुनौतीको सामना गर्दै घर नजिकैको बजार आरुघाटको एक सिलाई तालिमकेन्द्रमा प्रसिक्षण लिन थालिन् । गर्दै जाँदा दिनदिनै सफललताको पाउन थालिन ।
सिलाई तालिम समाप्त गरेर केहि समय फुर्सदमा रहदा वरिपरीका दिदि बहिनीहरु सिलाई सिक्न उनीकहा आउन थाले । क्रमस पारिश्रमिक नै दिएर सिक्ने दिदीबहिनीहरु थपिदै गए । यसै क्रममा आफुले सिक्दा गरेको लगानी पनि उठ्दै गयो । बिस्तारै अब उनि (सबिना) आफ्नै व्यवसाय संचालन गर्न सक्ने भइन र जोडिन आँट । सविनाको मेहनतले पाएको सफलतामा उनको श्रीमान खुशी नहुने कुरै थिएन र तुरुन्तै व्यावसाय सुरुगर्न लगानी पनि गरिदिए श्रीमतीलाइ । जसले गर्दा सविनालाई अझ आफ्नो कार्य प्रति हौसला र उत्साह बढ्यो ।
सुरुवाती दिनहरुमा दुई चारजना दिदि बहिनीहरुलाई सिलाई सिकाउदै अलिअलि लेडिज ड्रेसहरु कुर्था सुरवाल र ब्लाउज सिलाईको जस्ता सामान्य कामहरु आए । तर एक, दुई गर्दै अहिले सबिना काँ मनग्गे ग्राहकहरु आउँ थालेका छन् । साथै उनले पसलमा जुत्ता चप्पल र कस्मेटिक सामानहरु पनि थपेकी छिन र अहिले बिक्रि राम्रै हुन थालेको छ ।
परिवारमा सासु ससुरा र देवरहरुले आफ्नो मर्म नबुझी दुर्ब्यबहार गरे पनि हरेक पाईलामा श्रीमानको साथ निरन्तर पाइरहेकी छु भन्छिन सबिना र सधैं यसरी नै पाईरहुँ भन्दै आफैंले सुरु गरेको व्यवसाय श्रीमानको लगानी र आफ्नै मेहनतको कमाईमा सन्तुस्ट छिन् गोर्खा र धादिंङको सिमाना बिसेष गरि आरुघाट र वरपरका बासिन्दाहरु उनको पसलमा ग्राहाक बनेका छन् ।