बेनीबजार संरक्षणका लागि स्थानीयले गरे श्रमदान

शनिबार जेठ १६,

नारीदर्पण : कालिगण्डकी र म्याग्दी नदिको दोहोरो कटानले खुम्चंदै गएको म्याग्दीको सदरमुकाम बेनीबजार संरक्षणका लागि बेनिबासीले आज श्रमदान गरेका छन् ।

सदरमुकाम बचाउ अभियान अन्तर्गत जल उत्पन्न प्रकोप सबडिभिजनका कार्यालय पोखराले सुरु गरेको तटबन्धनको कामले गति लिन नसकेपछी स्थानीयले श्रमदान गरि तटबन्धनको कार्य पूर्ण गर्न लागेका हुन् । करिब ५ सय जनाको सहभागितामा आज कालिगण्डकी र म्याग्दी नदि दोभानमा ढुँगा संकलन गरिएको स्थानीय स्रोतले जनाएकोछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com