जीवनमा पुरा गीत गाउन नसक्नु कमजोरी या भुस्कुल

विजय थापा : मानिसका हजार कमजोरी हुन सक्छन । कमजोरीलाई परिवर्तन गर्न सकिन्छ । कमजोरी तागतमा परिणत हुन् सक्दछ । तर त्यस्को लागि ईक्षा शक्तिको आवश्यक पर्दछ l त्यो ईक्षा शक्ति ल्याउन पनि मन हुनु पर्छ । मन ल्याउन पनि एकाग्रता चाहिन्छ । एकाग्रताको लागि पनि वातावारण मिल्नु पर्छ ।

सायद यी कुराहरुको तारतम्य मिलाउन नसक्दा होला या अन्य कमजोरीको कारण ५ दशक लाग्दा पनि एउटा पनि गीत पुरा गाउन नसक्नु लाज मर्दो भएको छ । हेरेर सक्छु तर नहेरी भन्ने अर्थमा ।

५ दशक सम्म कसै संग पनि हिस्सा गर्न मन लागेन । मन मरेर आएको थियो तर पनि मन थाम्न सकिन र ओकल्नको लागि स्थान चाहिने हुनाले सबै भन्दा उत्तम मंच नै अनुहार किताब लागेकोले निर्णय गरि यो बेदना पोख्दै छु ।

साचो भन्न लाज मानु हुदैन । जे सोचे पनि कुनै पनि भाषाको गीत पुरा गाउन जान्दिन । कोसिस नगरेको चाही हैन । पाठशालामा अध्ययन गर्दा घोकेको पनि थिए । कालान्तरमा नै बिर्सिने रोग भएकोले मस्तिष्कले सुरक्षित गरि राख्न सकेन ।

कसैले एकै छिन मा गीत गाएको देख्दा अचाम्बित हुन्छु । दिमाग बोधो भएको हुनाले होला सायद गीत पट्टकै याद गर्न सक्दिन l आफ्नो सबै भन्दा ठुलो कमजोरी रह्यो । उमेर बढ्दै जादा सायद अन्य कुराको बोझ मष्तिस्कमा हुनाले होला ५ दशकको उमेरमा गाउन नसकेको होला भनेर चित्त बुझाउने गरेको छु l अलिक भुस्कुल होकी भन्ने पनि छ ।

अलिकति रुचिमा पनि भर पर्ने रहेछ ,रुचि भए सबै चिज मष्तिस्कले राख्ने रहेछ तर रुचि नभए पछि दिमागमा घुस्दैन रहेछ अहिले थाहा भयो ।

हुन् त म प्रतिस्पर्धामा जाने हैन , गीत गुन गुनाउन आए पनि ,आधा सम्म गाउन आए पनि ,गाउन त कोसिस भएको ठान्दछु । आफु संग गुनासो भनेको नै चाहे नेपाली गीत होस् या अंग्रेजी या हिन्दि कुनै पनि पुरा गीत गाउन नसक्नु भनेको चाही बुद्धु नै भन्ने ठाने हुने रहेछ ।

अरुले पुरा गीत गाउदा ईर्षा जस्तो पो हुदो रहेछ , डाह लाग्दो रहेछ । अहिले आएर पुरा गीत गाउन सकियोस भन्नको लागि अमेरिकाको क्यालिफोर्नियाको लस अन्जेलसका चिकित्सक चोआ कोक सुइले अनुसन्धान गरेको "सुपर ब्रेन योगा " मस्तिष्क वृद्धि गर्ने सुरमा छु ।

यो गरेमा मस्तिस्कले छिटो टिप्ने छ । लाखौ बिद्यार्थी लाभान्वित भएका छन् । यु ट्युबमा खोज गर्न सकिन्छ । विश्वमा पुरा गीत गाउन नसक्ने र नआउने करौडौ मानिस होलान तर नेपाली समुदायमा म मात्र एक यस्तो उल्लु हु कि जस्तो छ । नाथे एउटा गीत पनि पुरा घोक्न नसक्नु । जीवनमा एउटा पनि पुरा गीत गाउन नसक्ने हुतिहारा । आफैलाई धिक्कार छ । अध्ययन गर्दा धेरै घोकियो पनि ।

यस्तो लागि रहेछ कि जीवनमा एउटा पनि गीत पुरा गाउन नसक्ने भनि गिनिज बिश्व पुस्तकमा नाम लेखाउन पनि घरि घरि विचार आउछ ,मेरो वैयक्तिक विचार मात्र हो ।

मलाई पुरा आउने चाही नेपालको पुरानो राष्ट्रिय गीत श्रीमान गम्भीर प्रचण्ड प्रतापी भूपति हो । त्यो पनि कलिलो उमेरमा सिकेको हुनाले आएको हो ,छिप्पिएको उमेरमा भए त्यो पनि आउने थिएन होला । अहिलेको राष्ट्रिय गीत आउदैन नहेरी ।

मैले पुरा याद गर्न खोजेको गीत सबै भन्दा पहिला स्व: तारा देवीको उकाली ओराली हो । त्यो पनि पुरा गाउन सकिन । त्यस पछि ,दिपक जंगमको कुन पापीले रंगाई हाल्यो ,त्यो पनि भएन । मधु क्षेत्री र उदित नारायण झाको साईली र माहिली पैला गएछन ,त्यो गीतमा पनि गुल्टुंग खाए ।

अनि ओम बिक्रम बिष्टको म मौनतामा अल्झी रहेछु । लगभग कण्ठ नै पार्ने वाला थिए त्यहाँ पनि चुके ,भएन । स्व नारायण गोपालको आँखा छोपी न रोऊ भनि भन्नु पर्या छ ,मुटु माथि ढुंगा राखी हास्नु पर्या छ त्यो गीत ९० प्रतिसत आई सकेको थियो । त्यहाँ पनि असफल ।

हार मानिन ,पछि आएर कर्ण दासको जिन्दगिको के भरोशा र खेमराज गुरुङको वारी जमुना पारि जमुना ९५ प्रतिसत आई सकेको तर बिरामी भए सकिन । त्यहाँ पनि ग्वा भए ।

१९८५ मा अंग्रेजी गीत बेलायतका व्हाम संगीत मण्डलीका जर्ज माइकलको केयरलेस व्हिस्पर अति मन पर्यो धेरै सुने घोक्ने कोसिस गरे ,तर बिचरा मस्तिष्कले भ्याएन । स्टिव वनडरको आइ जस्ट कल टु से आई लव यु कति सजिलो छ त्यहाँ पनि चुके ।

हिन्दिमा उहिलेको गीत यादो कि बारात निक्ली हुई है दिल के द्वारे ,जय जय सन्तोषी माता जय जय मा ,त्यो पनि सकिन । यसो सोच्दै जादा निस्कर्षमा के पुगे भने मेरो मष्तिस्क गीत गाउन बनेको हैन रहेछ भन्ने आफुले ठहर गरे ।

ए बाबा ! कमसे कम एउटा गीत त पुरा आउनु पर्ने । खै सकेको त ? अमेरिकामा छु ,न नेपाली ,न हिन्दि ,न अंग्रेजी कुनै पनि गीत पुरा गाउन जान्दिन ।

मेरो नजिकको साथीलाई मेरो कमजोरी थाहा छ । अधिकांस समयमा टुक्रे गीत सुनाउने प्रयास गर्छु । अचेल गीत गुन गुनाउदा अलिकति एउटा बाट ,अलिकति अर्को बाट ,फेरी अलिकति अर्को बाट सापट लिएर पो गाउन खप्पिस भएको छु । अर्थात् टुक्रे ,त्यसमा पनि अनेक गीत एउटामा मिसाएर गाउन जान्ने भएको छु ।

भनिन्छ ,थोमस एल्वा एडिसन नामक वैज्ञानिक बिद्यार्थी जीवनमा पढाइमा अति भुस्कुल भएको हुनाले शिक्षकले उनलाई मूर्ख भनेर बोलाउथे । तर तिनै पट मुर्खको उपनामले चिनिने थोमसले १० हजार पटकको प्रयासपछि विद्युत्बाट बल्ने बल्व (चिम)को आविस्कार गरेका थिए ।

अब मलाई लागि रहेछ थोमसले एक पटक मात्र होइन, दशौ पटक मात्र पनि होइन, सयौ पटक मात्र पनि होइन, हजार पटक पनि बिल्कुल होइन । दश हजार पटकसम्म कोसिस गरे र सफल भए भने यो पंक्तिकारले १० पटक त कोसिस गरे कसो सफल न होइएला त ? आशाको किरण पलाउदै छ ।

भनिन्छ मानिसले सास नजाउञ्जेल सिक्नु पर्छ र सिक्न सक्दछन । र ,म यहि उखान प्रति बिश्वस्त छु । यो मेरो नै सोर्है आना कमजोरी हो र म स्वीकार गर्छु । एक दिन कसो त ,मेरो पनि दिन आउला भनि प्रतिक्षारत छु । चन्द्रमा दाहिने कसो नहोला ? जब सम्म सास तब सम्म आश भने जस्तै छिट्टै खुशीको खबर लिएर पुन :हाजिर हुने बचन बद्धताको साथ बिदा ।

........................................................अस्तु

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com