बिहिबार जेठ १४,
नारीदर्पण : देशभर अझै गर्मि बढ्ने मौसमविदहरुले बताएका छन् । बिशेषगरि पश्चिम तराइमा तापक्रम बढे संगै तातो हावा लु चल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम तराइमा अझै ताक्रम बढ्ने सम्भावना देखिएकाले साबधानी अपनाउन मौसमविद शान्ति कँडेलले आग्रह गर्नु भएकोछ । हिजो ४२.७ डिग्री सेल्सियेस रहेको दिपायलको तापक्रम आज ४१ देखि ४३ डिग्री पुग्ने अनुमान मौसमविदहरुले गरेका छन् ।
नेपालगंजमा ४०.६ डिग्री पुगेकोछ र यो अझै बढ्ने महाशाखाले जनाएकोछ । हिजो ३१.१ डिग्री मापन गरिएको राजधानीको तापक्रम आज ३१ देखि ३३ डिग्री सम्म पुग्ने मौसमविद हरुको अनुमान छ ।
पहाडी क्षेत्रका केहि ठाउँमा बेलुकी पाख मेघ गर्जन सहित झरी पर्ने सम्भावना रहेकोछ मौसमविद कंडेलले जानकारी दिनु भयो । कंडेलका अनुसार स्थानीय वायुलाई अरब सागर र बंगालको खाडी बाट आएको जल्पास्वयुक्त वायुले साथ् दिएपछि मौसम बदलि भएको हो । यो परी-मनसुनको प्रक्रिया भयेकोए नआत्तिन तर सतर्क रहन कंडेलले आग्रह गर्नु भयो ।