एजेन्सी जेठ १५,
भूकम्पमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली
काठमाडौं: सर्वाधिक लोकप्रिय सर्च इन्जिन गुगलले नेपालको 'गणतन्त्र दिवस २०१५' को अवसरमा नेपाल र नेपालीमा शुभकामना व्यक्त गरेको छ।
गुगलले आफ्नो 'अंग्रेजी र नेपाली' दुवै भर्सनमा 'नेपाल गणतन्त्र दिवस २०१५' भन्ने सन्देशसहित तस्बिर राखेको छ।
शुक्रबार गुगलको सर्च इन्जिनमा भूकम्पबाट क्षतिग्रस्त स्वयम्भू र अर्को मन्दिरको पृष्ठभूमि अगाडि तस्बिरमा मैनबत्ती प्रज्वलित गरेर राखिएको छ। यसकासाथै उसले आफ्नो आधारिक धारणा यू-ट्युबमार्फत सार्वजनिक गरेको छ।
'नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १० वर्षमा भइसकोमा हाम्रो तर्फबाट सुख, शान्ति र दीर्घायूको कामना छ', उसले भनेको छ, 'साथै नेपालमा गत वैशाख १२, १३ र २९ गते को विनाशकारी भूकम्पमा ज्यान गुमाउने नेपालीप्रति श्रद्धाञ्जली समेत व्यक्त गर्दछौ। हाम्रो मन र मुटु सधै नेपाल र नेपालीसँग रहनेछ। यसका लागि हामीले भूकम्पपीडित लागि सहयोगमा हातहरु सधै उठाउनेछौं।'
उसले भूकम्पमा हराइरहेका आफन्त खोज्न नेपालीहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
प्रस्तुति : सहदेव चौधरी