एटलाण्टाको नासियाले राजदुताबास मार्फत प्रधान मन्त्री राहत कोषमा पैसा पठायो

वाशिंगटन डिसी जेठ ९,

विजय थापा : अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले नेपालमा गएको विनासकारी महा-भूकम्पबाट पिडित परिवारको सहयोगार्थ संकलन गरेको रकम वाशिंगटन डिसी स्थित नेपाली राजदुतावासमा संस्थाका अध्यक्ष डा राम चन्द्र बरालले राजदुत डा अर्जुन कुमार कार्कीलाई हस्तान्तरण गर्नु भएको छ ।

संस्थाका अध्यक्ष डा बराल उक्त रकम हस्तान्तरण गर्न जर्जिया एटलाण्टा बाट वाशिंगटन डिसी आई संकलित ७ हजार डलर (करिब ७ लाख नेपाली रुपैया ) प्रधान मन्त्रि राहत कोषमा जम्मा हुने गरि चेक(धनादेश ) दिनु भएको छ ।

नेपाल सरकारको मार्फत नासियाले पठाएको रकम भूकम्प पिडितलाई पुगोस भन्ने हेतुले दुतावास मार्फत पठाउन पाउँदा गौरन्वित भएको बताउदै आर्थिक संकलन क्रम निरन्तर चलि रहेको बताउनु भएको छ ।

वहाले आर्थिक सहयोग गर्ने संघ ,संस्था ,नेपाली समुदाय ,ब्यबसायी सबै वर्गलाई धन्यबाद दिनु भएको छ । वाशिंगटन डिसीमा उक्त रकम हस्तान्तरण कार्यक्रममा एनआरएन अमेरिकाका पूर्व वरिष्ठ उपाधक्ष्य तथा एनआरएन अमेरिकाका भूकम्प पिडित उद्धार टोलीका संयोजक लोकनाथ तिवारीको पनि उपस्थिति रहेको थियो ।

तिवारीले भूकम्प पिडितलाई एनआरएनको तर्फ बाट ५ लाख दिई सकेका छन् भने आफ्नो व्यवसायबाट रकम उठाई राजदुतावास मार्फत प्रधान मन्त्रि राहत कोषको लागि १० हजार डलर पुर्याउने सार्बजनिक रुपमा घोषणा गरेका थिए ।

राजदुत डा कार्कीले डा बराललाई नेपाल सरकारलाई सहयोग गर्नु भएकोमा धन्यवाद दिनु भएको थियो भने राजदुतवासले प्रसंशा पत्र पनि डा बराललाई दिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com