रत्ननगर बैसाख ३०,
शिशिर सिम्खडा : गत बैसाख १२ गते गएको विनासकारी भूकम्पबाट पिडितहरुलाई खाद्यान्न र त्रिपाल
सहयोग भएको छ ।
दुरसञ्चार टोलीका संस्था र सक्षम आमा समूह रत्ननगर–८ ले चितवनको
पहाडी गा.वि.स. सिद्धिका ८० घरपरिवारलाई भुजा, तोरीको तेल, बिस्कुट, चिउरा, लुगा धुने
साबुन, दालमोठ, नुन सहयोग गरेका थिए ।
सो सहयोग सामग्रीहरु दुरसञ्चार टोल विकास
संस्थाका टोलवासी र आमा समूहको अध्यक्ष पार्वती पौडेल, सचिव दुर्गा बराल, कोषाध्यक्ष
सम्झना लामिछाने, सदस्यहरु राधा रायमाझी, विन्दु खड्का र प्रमिला पौडेलको
पहलमा सिद्धि गा.वि.स. पुगी सहयोग सामग्री हस्तान्तरण गरिएको दुरसञ्चार टोल विकास
संस्थाका अध्यक्ष कमल बहादुर घिमिरेले जानकारी दिनुभयो ।
साथै सहयोगको लागि
लगिएको २० थान त्रिपाल पिडितलाई सहयोग गर्नको लागि सिद्धि गा.वि.स. का सचिव पदम
बहादुर भेटवाल र सिद्धि स्वास्थ्य चौकीका इन्चार्ज इन्द्रलाल न्यौपानेलाई जिम्मा
लगाइएको संस्थाका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
त्यसैगरी युवा संघ
नेपालका केन्द्रिय सदस्य एवं पूर्वी चितवनको खैरहनी निवासी प्रदिप डल्लाकोटीले
भूकम्प पिडित सिद्धिका १ सय ७० घरपरिवारलाई प्रति परिवार १ बोराका दरले चामल हस्तान्तरण
गर्नुभएको छ । प्रदिप डल्लाकोटी लगायत डल्लाकोटी परिवारमार्फत करीब २ लाख
रुपैया बराबरको चामल सहयोग भएको शक्तिखोर गा.वि.स. का निवर्तमान अध्यक्ष गोपी
श्रेष्ठले जानकारी दिए ।