नेपालमा फेरी ७.३ रेक्टर स्केलको भूकम्प

काठमान्डू बैशाकः २९,

केन्द्रबिन्दु दोलखाको सुनखानी काठमाडौं । नेपालमा पुन: अर्को शक्तिशाली भूकम्प गएको छ । दोलखाको सुनखानी केन्द्रबिन्दू भएको ७.३ म्याग्निच्यूटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । 

बैशाख १२ मा ७.६ म्याग्निच्यूटको भूकम्प गएयताको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । मध्यान्ह १२ बजेर ५६ मिनेटमा गएको यो भूकम्पको धक्का पूर्वी नेपाल, मध्य नेपाल, काठमाडौ उपत्‌यका, पश्चिम नेपाल र भारतका केही भागसम्म महसुस भएको छ । शक्तिशाली भूकम्पपछि स-साना धक्काको कम्पन लगातार भइरहेकोछ । 

७.३ म्याग्निच्यूटको भूकम्प गएपछि ६ वटा साना पराकम्पन भएका छन् । मंगलबार मध्यान्हदेखि यतामात्रै ५.६, ५.४, ६.३, ५,५.१, र ५.२ म्याग्निच्युटका पराकम्पनको धक्का महसुस भइसकेको छ । आठ हजार बढी मानिसको ज्यान लिएको बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण त्रसित बनाएका मानिस आजको शक्तिशाली भूकम्पपछि झनै आतंकित भएका छन् । 

भूकम्प मापन केन्द्रका अनुसार बैशाख १२ यतामात्रै १६५ वटा साना ठूला भूकम्पको धक्का महसुस भइसकेको छ । मंगलबारको भूकम्पले भएको मानवीय तथा भौतिक क्षतिको विवरण आइसकेको छैन । धादिङको नलाङस्थित स्वास्थ चौकी भवन भूकम्पले भत्काएको बताइएको छ । भूकम्पपछि मानिसहरु आत्तिँदै सडकमा निस्केका छन् । कार्यालय समयमा भूकम्प गएकाले अधिकांश राजधानीबासी अहिले सडकमा निस्केका हुन् ।  
ज्ञानेन्द्र खड्गा _ अन्नपूर्ण :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com