राहत बोकेको बस दुर्घटना हुँदा ७ जना गम्भीर घाइते

काठमाडौँ, २२ वैशाख ,

गोरखाबजारबाट आरुघाटतर्फ जाँदै गरेको ग१ख ४०५६ नम्बरको यात्रुवाहक बस खस्दा सातजना गम्भीर घाइते भएका छन् ।

आज बिहान गोरखा नगरपालिका –७ आलेस्थित सडकबाट बस खस्दा गम्भीर घाइते भएका सातै जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ । यात्रुबाहक बस भूकम्प पीडितलाई राहत सामग्री लिएर गइरहेको थियो भने बसमा सात यात्रु रहेका थिए । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com