प्रेस विज्ञप्ति !

गत बैशाख १२, २०७२ को महाभूकम्प र त्यसपछिका भूकम्पबाट प्रभावित नेपालीहरुको सहयोगका लागि इजरायली सरकारका बिभिन्न निकाय, स्वयंसेवी संस्थाहरु, इजरायली विश्वविद्यालयमा अध्ययनरत नेपाली, भारतीय लगायतका बिद्यार्थीहरु , इजरायली रेडक्रस एवं इजरायली मित्रहरुबाट आर्थिक तथा राहत सामाग्रीको रुपमा सहयोगहरु प्राप्त भइरहेका छन् । 

उहाँहरुले यस राजदुतावासमा आई वा राजदूतावासले खोलेको भूकम्प पीडित राहत कोषको खातामा सीधै रकम जम्मा गरीरहनुभएको छ । कतिपय व्यक्ति एवं संस्थाहरुले घोषणा गरेका रकमहरु नआइपुगेका हुनाले सबै रकम जम्मा हुनासाथ एकमुष्ट रकम सबै दाताहरुको विवरण सहित नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पठाइने छ । 

इजरायलमा कार्यरत नेपालीहरु र केही इजरायली मित्रहरुले स्वतस्फूर्त रुपमा इजरायलको बिभिन्न ठाउँमा उठाउनुभएको र दिनुभएको रकम उद्देश्य अनुरुप सही सदुपयोग, समुचित र पारदर्शी रुपमा भूकम्प पिडित दाजुभाई तथा दिदीबहिनीहरु सम्म पुर्याउन नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पठाउनको लागि नेपाली राजदुतावासमा बुझाइ भर्पाइ लिन वा यस राजदुतावासको निम्न उल्लेखित खातामा रकम जम्मा गरी सो को जानकारी राजदूतावासलाई दिनुहुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिन्छ । 

यसरी बुझाइएको वा जम्मा गरिएको रकम नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा अविलम्ब जम्मा गरिने व्यहोरा समेत सबैलाई जानकारी गराइन्छ । नेपाली राजदुतावास , इजरालयको भूकम्प पीडित राहत कोषको विवरण ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com