महिलामा धेरै रौँ उम्रने समस्य

काठमान्डू बैशाकः २८,

हार्मोनकै कारण महिलामा चाहिनेभन्दा धेरै रौं निस्कने हुन्छ । पुरूषमा जस्तै दाह्रीजुँगा आउने, छाति तथा यौनाङ्गलगायत शरीरका धेरै स्थानमा रौं आउने हुन्छ ।

टेस्टोस्टेरोन हार्मोनको उत्पादन धेरै भयो भने महिलामा यस्तो समस्या देखिन्छ । पोलिसिस्टिक सिन्ड्रोममा कारण पनि यस्तो हुनसक्छ । डिम्बाशयमा कुनै ट्युमरका कारण पनि कहिलेकाहीँ महिलाको शरीरमा धेरै रौं उम्रने हुनसक्छ ।

पेटमा एड्रिनल भन्ने ग्रन्थी हुन्छ । यो मिर्गौलाको माथि हुन्छ । यस ग्रन्थीले डिएचइएएस नामक अर्को हार्मोन बढी निकालेमा पनि महिलाको शरीरमा रौं आउने हुन्छ । यसको उपचार २ किसिमले गर्न सकिन्छ ।

एउटा हार्मोनल उपचार र दोस्रो लेजर उपचार गर्नुपर्छ । यसका लागि एउटा मात्र उपचार गरेर हुँदैन । लेजर प्रविधिद्वारा उपचार सँगसँगै हार्मोनको पनि उपचार गर्नुपर्ने हुन्छ । यसमा हार्मोनको असर देखिन ५/६ महिना लाग्छ ।

डा. अन्सुमाली जोशी , healthnews :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com