अब हामी संकल्प गरौँ !

यति खेर देशले धेरै ठुलो क्षति बेहोरिरहेको छ । यो अबस्थामा हामी त्यस देशको नागरिक हुनुको कर्तव्य र भूमिका पहल कदमी भएन भने यो क्षति परिपूर्ति गर्न अरु दशकौ लाग्न सक्छ । या त यसै गरि अस्थिरता अरु बढ्दै गयर कालान्तरमा यसले षेसको रुपमा नपुर्याउला भन्न सकिन्न ।

अहिले देशमा अकल्पनीय भूकम्पबाट जुन प्रकारको जन धनको व्याप्त क्षति भएकोछ त्यसले निम्त्याउन  सक्ने महामारी,त्रास, रोग ब्याधि आदिले झनै ठुलो संकट पैदा हुन सक्ने सम्भाबना त्यतिक्कै बढी छ । बिज्ञहरुले बाराम्बार भन्ने गरे अनुसार नेपाल भूकम्पीय दृस्टीकोणले उच्च  जोखिमपूर्ण स्थानमा छ र जति खेर पनि भूकम्प जान सक्छ । बिगत लामो समय देखि यस्लाई हेर्ने हो भने पनि करिब ९० / १०० बर्षको हाराहारीमा एक पटक प्रलयको रुपमा आउने गरेको तथ्यांकनै छ । तर हाल जुन प्रकारले ७.८ रेक्टर स्केलमा आएको यो भूकम्पले तुलनाक्मक रुपमा कम क्षति भएको अनुमान लगाउन सकिन्छ । रातको समयमा या अरु कुनै दिन पारेर आएको हुदो हो त काठमाण्डु उपत्यकामा मात्रै अहिले जति मानबिय क्षति भएकोछ त्यसको दसौ गुणा बढी क्षति हुन सक्ने थियो । 

भौतिक  संरचानामा उत्तिकै क्षति भए पनि मानबिय क्षति कम भयो भन्दा असहज नहोला र यसै भनि हामि सन्तोष मान्नु पर्ने हुन्छ । बरु अब उप्रान्त भने हामी सधै यस्तो थियो उस्तो थियो अब केहि रहेन सब बर्बाद भयो भन्ने खालको गूनासा गाउन तिर मात्र नलागी अब यस बाट उच्च पाठ सिकेर चुनौतीमा आत्मासाथ गर्दै अघि बढ्न सके परिबर्तनको लागि अहिले यो हाम्रो सामु अवसर पनि हो ।

हरेक पुरानो संरचनाको बिध्वम्स पश्चात नै नयाँ  संरचनाको निर्माण हुन्छ । हामीले यसलाई अबसरको रुपमा लिन सके परिबर्तनको बिज अंकुराउन बेर लाग्दैन  । तर हामी  सधै त्यहि रबैया सैली मात्र अपनाउदै गल्ति भने आफु गर्ने र दोष जति सधै अरुको थाप्लोमा तेर्साउन बानि परेकाहरुले त्यसै मात्र गरिरहयौ भने न हामि कहिल्यै सुध्रन सक्छौ न हाम्रो सैलिले देशमा कुनै ठोस योगदान पुर्याउन मद्दत नै सक्छ । यसैले हामि सग समाधानका अघि बढ्ने घडी हो यो ।

स्रोत/साधनका प्रयाप्त बाटाहरू नभएका पनि होईनन् तर भएर पनि हामी बिभिन्न बहानाबाजीमा आल्टाल गरि टारिरहेका छौ । तर अब यसो गर्नु भएन यसलाइ अवसरको रुपमा लिई फाइदा लिन सक्नु पर्छ हामीले । आफुमा नपरे सम्म अरुको समस्यालाई  समस्या नै नदेख्ने बानी परेका हामि आफ्नो ओछ्यानमा भेल नबगे सम्म कुम्भकर्ण झैँ निदाईरहेको नाटक गरिरहन्छौ । निदाएकोलाई ब्युझाउन सजिलो हुन्छ तर निदाएको बहाना गर्नेलाई ब्युझाउन त्यति गाह्रो हुन्छ । संसार बदलियोस त भन्छौ तर आफु एउटा ईटा समेत उचाल्नु नपरे पनि हुन्थ्यो भन्ने ठान्छौ । हामी सुन्दर नेपालको सपना त देख्छौ तर ति सबै अरुले नै गरिदिए हुन्थ्यो र आफु दुलही सरह भित्रीन मात्र पाए हुन्थ्यो भन्ने मानसिकता मस्तिष्क बाट फाल्नु पर्यो । हाम्रो देस कुनै परमात्माले आएर बनाईदिने होईन न की कसैले नै दाइजो दिने हो । बनाउनु पर्ने त तपाई हामीले नै हो ।

देशलाई कुन दिशा तर्फ डोर्याउने भन्ने कुरा अब हामीले तय गर्नु पर्छ । देश विकाश मा युवाहरुको भूमिकामा ७५%  रहन्छ । हामि सधै उही बिग्रदो राजनीतिलाई मात्र अझ बिगार्न मल जल गरिरहेकाछौ । हामि युवाहरुले प्रभाब्कारी भूमिका निर्बाह गर्नु हो भने यो बिग्रदो राजनीतिलाई सहि ट्रयाकमा ल्याउन बेर लाग्दैन । तर हामि त आफैमा बिग्रदोछौ र बिग्रदो परिवेशमा त्यसैमा घिउ तेल थपेर अरु आगो दन्कईरहेकाछौ । समाजमा बिक्रीती र बिसङगतिलाई सधै बढावा दिईरहेकाछौ । तर अब हामी आफ्नो उत्तरदायित्व बाट डग्नु हुन् ।

आलोचना र कटुताले बिध्वम्स निम्त्याउछ भने प्रेरणा र हौसल्लाले सुध्रन अवसर र तागत दुबै मिल्छ ।अरुलाई गालि र आलोचना मात्र गरेर देश बन्छ भनेर सोच्नु हलो अड्कायर गोरुको पुच्छर टोक्नु सरह हो । अब हामि जोश र जांगरका साथ्  एकतामा बाधिंइ मैदानमा उत्रनु पर्छ र सृजनात्मक कार्यमा सहभागी हुदै अरुमा समेत हौसला , उत्प्रेरित जगाउदै देश र  समाज्को लागि केही गर्नु पर्छ । आफ्नो कर्म प्रतिको धर्म सहि तरिकाले निर्बाह मात्र गर्ने हो भने आफू सगसगै समग्र देशलाइ लाभ मिल्नेछ । हामी जो छौ जहाँ छौ र जुन स्थानमा छौ जति सक्छौ गरौ , गर्न चाहिं गरौँ ।  कन्जुस्याइँ नगरौ । जस्तो कि हामी प्रबास्मा हुनेहरुले हुन्डिको कारोबार अब बन्द गरेर बैङ्किङ कारोबार मात्र गर्यौ भने पनि त्यस्ले धेरै फरक पार्छ । हाल्को अबस्थामा भन्नू पर्दा रेमिट्यान्सले नै ठूलो अर्थतन्त्र धानेकोछ । त्यस्तै कर्मचारी हरुले आफुले दिने सेवा सुबिधामा अलि बढि प्रभाकारी ढङ्गले आफ्नो दायित्व पूरा गर्दिने हो भने त्याहा धेरै राम्रा कामहरु हुन सक्छन् ।

प्रशासनमा बसेकाहरुले आफ्नो धर्म र कर्तब्यलाई दुरुपयोग नगराई अन्याय पर्न नदिने हो भने सर्बसाधारनले धेरै राहत पाएको महसुस गर्न पाउनेछन् । न्यायलयले पनि उचित न्याय र ईन्साफ गरिदिने हो भने अन्याय र अत्याचारको खिलाफ्मा उत्रेर काम गर्न थप बल मिल्नेछ ।

देश बनाउनु हो भने राज्यको सबै सम्यम्त्र क्रियाशील हुन अत्यन्तै जरुरी छ । सबैले आ-आफ्नो ठाउँ बाट आफ्नो कर्तब्य र धर्म मात्र सहि तरिकाले निर्बाह गरिदिदा पनि राज्यले धेरै लाभ पाउन सक्छ । विकसित रास्ट्रहरुको सबै निजि तथा सर्कारी सम्यम्त्र यसै गरि सबै चुस्त दुरुस्त भएका हुन्छन् र देश बिकाशोन्मुख हुन बेर नलागेको हो । अब पक्कै हामीले पनि पाठ सिक्ने र व्यबहार मा उतार्ने घडी आएको छ ।

अब हामी सबैले यहाँ प्रण र संकल्प गरौ ताकी हाम्रो कार्यले देशलाई रति नोक्सान नपुर्‍यावोस जति सक्दो फाइदै पुगोस् !
मैले त प्रण र सन्कल्प दुबै गरे अब तपाइको पालो निर्बाह गर्ने होईन त ?

"अब नेपाली भनेर होईन बनेर देखाउ"

बुद्द गौतम....
(हाल दक्षिन कोरिया)
gautambuddha17@gmail.com

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com