विजय थापा : बिश्व भर रहेका एनआरएनका सदस्यहरुलाई एकै थलोमा जोड्ने तथा गोलबद्ध बनाउने उदेश्यले "एनआरएन कनेक्ट एप " अमेरिकाको सुबिनप्ररा इन्फोटेक इंक न्युयोर्क युएसए ले केहि समय अगाडी निर्माण गरेको छ ।
भर्खर मात्र चालु अवस्थामा ल्याएको उक्त एनआरएन कनेक्ट एप आईफोन तथा एनड्रोइड दुबैमा डाउन लोड (राख्न )गर्न सकिने छ ।
यो एनआरएन कनेक्ट एप निशुल्क डाउन लोड गर्न सकिने छ l हरेक पटक एनआरएन कनेक्ट एप डाउन लोड गरेको खण्डमा $ १० सेन्ट नेपालका भूकम्प पिडितलाई सहयोग गर्ने जानकारी गराइएको छ ।
एनआरएन कनेक्ट एप एउटा सामाजिक एप हो भने यसको निर्माण गर्ने सुबिनप्ररा इन्फोटेक इंक न्युयोर्कले जति रकम यसबाट उठ्ने छ ,त्यसको सम्पूर्ण रकम सत प्रतिसत भूकम्प पिडितलाई जाने जानकारी गराएको छ ।
बिस्तृत जानकारीको लागि यसका संचालक तथा एनआरएन आईसीसी अमेरिकाका सदस्य डा बिनोद शाहले www.nrnconnet.com मार्फत जानकारी लिन सकिने बताएका छन् ।