काठमाडौं जेष्ठ ०१,
काठमाडौं उपत्यकामा शुक्रबार बिहानै दुई वटा भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर २७ मिनेटको भूकम्पको धक्का काठमाडौं, धादिङ, तनहुँ, गोरखा र नुवाकोटसहितका जिल्लामा महसुस भएको हो।
आज बिहान मात्रै दोलखा केन्द्रबिन्दु भएर ३ बजेर ३८ मिनेटमा ४.१ म्याग्निच्यूडको र ४ बजेर ६ मिनेटमा ४.३ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि बिहिबार मात्रै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रसुवालाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूड भन्दा माथिका १० वटा भूकम्पका पराकम्प महसुस भएका थिए। बैशाख १२ गतेको शक्तिशाली भुकम्पपछि आइरहने पराकम्पनको क्रम आज पनि जारी रहेको छ।