बिहिबार जेठ ७,
नारीदर्पण : आदिबासी जनजाति महासंघले बैशाख १२ र २९ गत्तेको भूकम्पले क्ष्यति पुर्याएका आदीबासी जनजाति, मठ मन्दिर गुम्बा र पाटि पुनः निर्माण गरिदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री सुशील कोरिराला सँग भेट गरि महासंघको टोलीले विनासकारी भूकम्पले आधिबासी जनजातिका मठमन्दिर गुम्बा र पाटीहरु धेरै संख्यामा क्ष्यति ग्रस्त भएको भन्दै पुनः निर्माण गरिदिन आग्रह गरेका हुन् ।
आदिबासी जनजाति सम्बद्ध विभिन्न आठवटा संस्था सहितको टोलीले सरकारले भूकम्प पीडितलाइ राहत स्वरूप दिने भनिएको रकम पन्द्र हजार कम भएको भन्दै न्युनतम पच्चीस हजार पुर्याउन माग गरेका छन् ।