चेपाङ संरक्षण केन्द्रलाई सहयोग

रत्ननगर ३० बैशाख ,

होमनाथ सापकोटा : पूर्वी चितवनको रत्ननगर–१० मा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन ।

नारायणी मोटर्सका सञ्चालक वालगोपाल चुकेले वालवालिकाका लागि ७० थान विद्यालय पोसाक सहयोग गर्नुभएको छ । त्यसैगरी बैदेशीक रोजगारीको शिलशिलामा अमेरिकामा रहेकी ललीता खनाल रिजालले केन्द्रमा भर्खरै उद्धार गरी ल्याईएको भूकम्प पीडित चेपाङ वालवालिकाका लागि रु १० हजार सहयोग गरेकी छिन ।

त्यस्तै फान्समा रहेका पत्रकार ददी सापकोटाले भूकन्प पीडित चेपाङ वालवालिकाका लागि ५० वोरा चामल,४ काटुन तेल,३ बोरा दाल र एक बोरा केराउ सहयोग गरेका केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिए ।

केन्द्रमा हाल विभिन्न सेक्टर सहित भूकम्प पीडित गरी तीन सय चेपाङ वालवालिका आश्रित छन । तीन सय चेपाङ वालवालिकालाई दैनिक १ क्वीन्टल चालम,३० किलो आलु,४ लिटर तेल तथा त्यतिकै मात्रामा स्टेशनरी आवश्यक पर्ने केन्द्रका अध्यक्ष शर्माले बताए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com