५ बर्षिया बालिका टेन्टभित्रै बलात्कृत, दोषीमाथि अनुसन्धान हुँदै

काठमाडौं जेठ ६,

भूकम्पले घर भत्किएपछि टेन्टभित्र बसेकी एक बालिका सोमबार बिहान बलात्कृत भएकी छन् । काठमाडौंको नयाँ बजारस्थित चौमतीमा टेन्टभित्र सुतिरहेकी ५ वर्षीया बालिकालाई सोही स्थानका करिब २२ वर्षीय राकेश महर्जनले बलात्कार गरेका हुन् ।

बालिकाका बाबुआमा छोरीलाई टेन्टभित्र सुताएर खाना पकाउन गएको मौकामा महर्जनले ती बालिकालाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर हनुमान ढोकाका प्रमुख एसएसपी उत्तम कार्कीले अन्नपूर्ण पोस्ट्लाई बताए ।

‘घटनाको जानकारी पाएलगत्तै बलात्कारमा संलग्न महर्जनलाई पक्राउ गरिएको छ’, एसएसपी कार्कीले भने, ‘बालिकाको स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।’ महिला प्रहरीले गरेको अनुसन्धान र परीक्षणका क्रममा बालिकाको संवेदशनशील अंग चोटग्रस्त भएको पाइएको छ ।

पक्राउ परेका महर्जनलाई महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेको हिरासतमा राखेर अनुसन्धान थालिएको एसएसपी कार्कीले जानकारी दिए । अन्नपूर्णपोस्ट :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com