धुन्चे (रसुवा),, वैशाख १९,
एक सातादेखि भूकम्पमा परी वेपत्ता भएकाहरुको खोजी गर्न इजरायली सेनाको १६ सदस्यीय टोली आज रसुवाको लाङटाङ पुगेको छ । इजरायली सेना खोजीकुकुरसहित सो क्षेत्रमा पुगेको हो ।
उक्त टिममा नेपाली सेनाको टोलीसमेत संलग्न रहेको छ । सेनाको हेलिकोप्टरमा गएको टोलीले लाङ्टाङ क्षेत्रमा हिमपहिरोमा परी वेपत्ता भएकाहरुको खोजिकार्य जारी राखेको छ । महाविर रेञ्जर गणका सेनानी अनिशध्वज खड्काले सो टोलीको नेतृत्व गरिरहेका छन् ।
खोजीकार्यमा धुन्चेस्थित नारायण दल गणसमेत संलग्न रहेको छ । भूकम्पपछि लाङ्टाङमा हिमपहिरो गएको थियो । हिमपहिरोमा परी सो क्षेत्रमा करिब १७० स्थानीय बासिन्दा र करिब १५० को सङ्ख्यामा विदेशी पर्यटक वेपत्ता भएको आशङ्का गरिएको छ ।
यसैगरी, रसुवाको स्याफ्रुवेँसी, बम्बो, लामा होटेल, रिमुचे, लाङ्टाङ् पदमार्ग, नाकथली, थुम्मनलगायतका ठाउँबाट अहिलेसम्म ५०० को हाराहारीमा भूकम्पपीडितको उद्धार गरिएको प्रहरी प्रमुख प्रविण पोखरेलले जानकारी दिनुभयो । मनाङ र सिम्रिक एयरको हेलिकोप्टरले उनीहरुको उद्धार गरेको हो । रासस