भारतले भूकम्प पीडित व्यबस्थापनमा सहयोग गर्ने

बिहिबार जेठ ७,

नारीदर्पण : भारतले भूकम्प पीडितलाई बर्षायम सुरु हुनु अघि नै अस्थाई बसोबासको व्यबस्थापन गर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

भूकम्प पछिको नेपाल पुनः निर्माणमा भारतीय सहयोगको खाका तयार गर्न नेपाल आएका भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको प्रमुख अतिरिक्त सचिव डाक्टर पिके मिश्राले स्वदेश फर्किनु अघि स्थाई आभास निर्माणका लागि सामर्गी उपलब्ध गराउन भारत तयार रहेको बताउनु भएकोछ ।

बिपत व्यबस्थापनको अनुभव नेपालमा उपयोग गर्न तथा सकेसम्म सहयोग गर्न प्रधानमन्त्री मोदीले दिनुभएको निर्देशनले नेपाल प्रतिको भारतको प्राथमिकता स्पष्ट भएको भन्दै उहाँले छिमेकी मुलुकका नाताले आर्थिक एवम् भौतिक सहयोग सँगै ज्ञान , शिप र अनुभव आदान प्रदानमा आफ्ना प्रधामन्त्रीले जोड दिएको बताउनु भयो ।

पुनर्स्थापना र पुनरनिर्माण जनजीवनलाइ पुरानै अबस्थामा फर्काउने आतंकित जनसाधारणलाइ मनोबैज्ञानिक परामर्स दिने, घाइतेहरुको उपचार एवम् उनीहरुको सामाजिक सुरक्षा, बिपत पछिका प्रमुख कार्य भएको भनाइ थियो ।

त्यस्तै उहाँले बिपत पछीका व्यबस्थापनका काम पुरा गर्न झन्डै चार बस्र्हा लाग्ने पनि उल्लेख गर्नु भएकोछ । गुजरात भूकम्प व्यबस्थापनका प्राधिकरण प्रमुख कार्यकारी अधिकृतका रुपमा साढे तीन बर्षको अनुभव बटुलेका डाक्टर पिके मिश्रा बैशाख १२ गत्ते गएको महा भूकम्प पछी हिजो दोस्रो पटक नेपाल आउनु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com