इज़रायलबाट त्रिपुरेश्वरका भूकम्प पीडितलाई राहत वितरण

तेल अभिव (इज़रायल) बैशाख २०,

नारीदर्पण : बैदेशिक रोजगारको सिलसिलामा इज़रायलमा कार्यरत बिष्णु सिम्खडाको पहलमा धादिंग त्रिपुरेश्वर गा.बि.स. का भूकम्प पीडितहरुको लागि छ लाख पचपन्न हजारको राहत तत्काल उपलब्ध गराएकोछ ।

महाप्रलयकारी प्राकृतिक प्रकोप भूकम्पमा परि धादिङ्ग जिल्लाको त्रिपुरेश्वर गा.बि.स मा साढे सातसय भन्दा बढी घरधुरी भत्किएकोछ । राजधानी बाट नजिकै रहेको त्रिपुरेश्वरमा कुनैपनि संघसंस्था, निकाय वा सरकारी उद्धार कर्मी नपुगेको अबस्थामा इज़रायलमा कार्यरत बिष्णु सिम्खडाले तुरुन्त ६२० बोरा चामल (३० केजी को) , ६२० केजी नून उक्त स्थान त्रिपुरेश्वर गा बि स मा रहनु भएको बुद्दीजीबी, प्रहरी कर्मचारी तथा  स्थानीय रेडक्रसको पहल बाट वितरण भयो । 

परोपकारी भावना हुनु भएका सिम्खडाले महाभूकम्प बाट पीडित नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुका लागि तत्काल राहत पुर्याउने हेतु आफ्नो तर्फ बाट चार लाख र एक लाख ((सोहि ठाउँ, त्रिपुरेश्वरकै बिद्यालयका लागि भनि केहि समय अघि उठाइएको एक लाख अनुदानलाइ सबैको सल्लाह सुझावअनुसार तत्काल भूकम्प पीडित राहतमा नै खर्चिनु भयो)) । जिनिस किनेको ठाउँमा जम्मा पाँच लाख पेमेन्ट भैसक्यो र अब एक लाख पचपन्न हजार बाँकी रहेको बिष्णु सिम्खडाले बताउनु भयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com