सहयोगको लागि राष्ट्र संघको पुनः आग्रह

काठमाण्डौ जेष्ट १,

नारीदर्पण : संयुक्त राष्ट्र संघका काठमाण्डौ स्थित मानवीय समन्वयकर्ता जिमी म्याक गोल्ड रिकले भूकम्प पीडितको सहायताका लागि बयालीस करोड तीस लाख अमेरिकी डलर तत्काल आबस्यक रहेकाले अन्तराष्ट्रिय समुदाय र साझेदार संस्थाहरु सँग उक्त रकम जुटाउन पुनः आग्रह गर्नु भएकोछ ।

राष्ट्र संघले नेपालका भूकम्प पीडितलाइ पहिलो तीन महिनाका लागि छाना, खाना र नाना को व्यबस्था गर्न उक्त रकम आबस्यक परेको जनाउदै केहि साताअघि गरेको अनतराष्ट्रिय अपिल अनुरुप हाल सम्म पाँच करोड पन्चानब्बे लाख डलर मात्र प्राप्त भएकाले मानवीय सहायताका लागि ततकाल उक्त रकम उपलब्ध गराउन उहाले आग्रह आग्रह भएको हो ।

राष्ट्र संघले जेनेभा र काठमाण्डौ बाट त्यस्तो सहायताको अपिल गरेकोमा हालसम्म पर्याप्त रकम संकलन नभएकोले आज पुनः बैंकक र काठमान्डू बाट फेरी यस्तो अपिल गरेको हो ।

नेपाली जनताको आपतकालीन आबस्यकता जुटाउन हाम्रो क्षमता प्राप्त आर्थिक सहयोगमा निर्भर गर्छ हामीले धेरै चुनौतिको सामना गर्नु परेको छ ।विशेष अग्री नेपालको भूगोल र बिकटताले राहतका कार्यक्रम सरल र सहज रुपमा संचालन गर्न कठिनाइ भएकोछ समन्वय कर्ता गोल्डरिकले भन्नु भयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com