नेपाल प्रहरीद्वारा चरिकोटमा सांगीति कार्यक्रम

शनिबार जेठ १६,

नारीदर्पण : दोलखाको चरिकोट स्थित टुँडिखेलमा आज नेपाल प्रहरीको एक टोलीले सांगीतिक कार्यक्रमको आयोजना गर्यो । भूकम्पका कारण घरबार, आफन्त, छिमेकी गुमाउन पुगेकाहरुको पीडा कम गर्न प्रहरीले यस्तो कार्यक्रमको आयोजनाको गरेको हो ।

उक्त कार्यकममा बत्तीसजना प्रहरीको टोलिले विभिन्न गीत, नृत्य तथा हाँस्य व्यङ्ग्यहरु प्रस्तुत गरेका थिए । यस अघि राजधानीका विभिन्न स्थानमा पनि प्रहरीले यस्तै कार्यक्रमको आयोजना गरेको थियो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com