भूकम्प प्रभावित क्षेत्रबात ४४ जनाको उद्धार, लांगटाँग मानव रहित क्षेत्र

काथामंदु बैशाख ३०,

नारीदर्पण : प्राकृतिक प्रकोप भूकम्पको दोस्रो ठुलो झड्का द्वारा प्रभावित हुन पुगेका रामेछाप , रसुवा र सिन्धुपाल्चोक बाट आज च्वावालिस  जनाको उद्धार गरिएको छ ।

दोलखा बाट इनाइस जना घाइते, सिन्धुपाल्चोक बाट सोह्र जना, रसुवाको लांगटाँग बाट एघार जना गरि तथा रामेछाप बाट दुई जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

भूकम्प संगै गएको हिमपहिरोले बिस्थापित रसुवाको लांगटाँग क्षेत्रको बासिन्दालाइ उद्धार गर्ने कार्य सकिएको छ । नेपाली सेना, नारायण दलका गण का अनुसार लांगटाँगको मुख्य बस्ति लांगटाँग गाउँ पहिरोले पुरियेपछी आसपासका सबै नज्गारिकहरुलाई हेलिकप्टर बाट काठमाण्डौ ल्याईएको हो ।

नेपाली सेना , भारतीय वायु सेना र चिनिया कम्पनीको हेलिकप्टरले एकसय साठ्ठी भन्दा बढीलाइ उद्धार गरेको हो । लांगटाँग गाउँका एकसय तिरासी जना भन्दा बढी मानिसलाई पहिरोले पुरिएको बताइएको छ ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्य लांगटाँग , लांगटाँग क्षेत्र अहिले मानव रहित वस्ती बन्न पुगेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com