श्रृङ्खलाबद्ध रुपमा चोरी गर्ने ५ जना पक्राउ

काठमाडौँ, ११ जेठ ,

महानगरीय अपराध महाशाखाले काठमाडौँ उपत्यकामा श्रृङ्खलाबद्ध रुपमा चोरी गर्दै आएका पाँच जनालाई पक्राउ गरेको छ ।

महाशाखाका अनुसार प्रहरीले बौद्ध तथा नयाँ बसपार्कबाट उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।

अभियुक्तमा दोलखाका सुवास बुढाथोकी, उदयपुरका नवीन भनिने लालबहादुर तामाङ, मोरङका आकाश लिम्बू तथा सुनसरीका इन्द्र तामाङ र अर्जुन तामाङ रहेका छन् ।

उनीहरू आइतबार पक्राउ परेका भए पनि अनुसन्धान बाँकी रहेका कारण आज मात्रै सार्वजनिक गरिएको बताइएको छ । उनीहरूका साथबाट ल्यापटप र आइफोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com