राष्ट्रपति ओबामाकी छोरी सँग विवाह गर्न वकिल फेलिक्सको यस्तो प्रस्ताब

केन्या जेठ १३,

केन्याका एक वकिलले अमेरिकी राष्ट्रपति बराक ओबामाकी १६ वर्षीया छोरीसँग विवाह गर्न अचम्मको प्रस्ताव गरेका छन् । 

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार केन्याई वकिलले अमेरिकी राष्ट्रपतिकी छोरी मालियासँग विवाह गर्न ५० गाई, ७० भेडा र ३० बाख्रा ओबामालाई दिने अफर गरेका छन्। नौरोविनय अखबारलाई दिएको एक अन्र्तवार्तामा वकिल फेलिक्स किपरोनोले भने,' २००८ मा मलाई पहिलो पटक यो विषयमा मलाई रुची भयो । 

त्यो बेलामा ओबामा पहिलो पटक राष्ट्रपति पदको लागि चुनाव लड्दै थिए र मालियाको उमेर जम्मा दश वर्षको थियो ।' उनले अहिलेसम्म आफू कसैसँग पनि डेटिङ नगएको भन्दै मालियाप्रति आफू पूर्ण वफादार रहेको दाबी गरेका छन् । 'मैले यो विषयमा आफ्नो परिवारसँग कुरा पनि गरेको छु,' उनले भने । 

उनले आफ्नो प्रस्ताव ओबामासमक्ष राख्ने र आगामी जुलाईमा केन्या भ्रमणमा आउँदा राष्ट्रपति ओबामाले छोरी मालियालाई पनि साथै ल्याउने अपेक्षा गरेको बताए । ओबामाका बुवा केन्याका हुन । ओबामाकी ९० वर्षीया हजुरआमा अहिले पनि पश्चिम केन्याको कोगेलामा बस्दै आएकी छिन् । यसबाहेक राष्ट्रपति ओबामाका कयौं नातेदार अहिले पनि केन्यामा नै छन् । 

फेलिक्स किपरोनोले राष्ट्रपति ओबामालाई एक पत्र लेख्ने र पत्रमा ओबामालाई छोरी मालियालाई पनि साथै ल्याउन आग्रह गर्ने र सो पत्र ओबामासमक्ष पुग्ने विश्वास गरेको बताए ।उनले आफ्नो ध्यान ओबामाको सम्पत्तिमा रहेको भन्ने भनाइमा कुनै सत्यता नरहेको भन्दै आफ्नो सच्चा प्यार ओबामाकी छोरी मालियाप्रति रहेको बताए ।

उनले मालिया ओबामासँग एक जोडीको रुपमा साधारण जीवन यापन गर्न चाहना रहेको बताएका छन् । ' म मालियाको गाईको दुध निकाल्न र दुध पकाउन सिकाउँछु,' उनले भने । एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com