विद्यालयलाई ७ दिनभित्र पठनपाठनयोग्य बनाउन निर्देशन

भद्रपुर, ३ जेठ ,

विनाशकारी भूकम्पबाट झापाका ११४ सामुदायिक विद्यालयमा क्षति भएको छ । भूकम्पबाट क्षत्विक्षप्त भएका विद्यालयलाई सात दिनभित्र पठनपाठनयोग्य बनाउन जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको छ ।

निर्देशन दिएको समयमा विद्यालयमा विद्यार्थी भने नजाने तर अभिभावकले विद्यालयको निरीक्षण एवम् अनुगमन गरी पठनपाठनयोग्य छ कि छैन त्यो निक्र्योल गर्नुपर्ने छ ।

आजदेखि लाग्ने भनेको विद्यालय पुनः सात दिनका लागि बन्द भएको र यो समयमा शिक्षक एवम् अभिभावक विद्यालय जानुपर्ने निर्देशन भएको सहायक जिल्ला शिक्षा अधिकारी उद्धव बिष्टले जानकारी दिनुभयो ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com