संयुक्त गजल संङ्ग्रहको बिमोचन तथा GFNL इजरायलमा नयाँ कार्यसमितिको चयन

तेल अभिव (इज़रायल) बैशाख ०८,

कल्पना पौडेल : विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले गत बैशाख ५ गते शनिबार इजरायल को तेल अभिब तखाना मर्काजित (सेन्टर बस स्टेसन) हलमा आयोजना गरेको 'सगरमाथा देखि मृत्य सागर सम्म' गजल सङ्ग्रह बिमोचन कार्यक्रम र नयाँ कार्य समितिको स्वागत तथा घोषणा कार्यक्रम भव्यताका साथ सम्पन्न गर्यो ।

 उक्त कार्यक्रम सस्थां को अध्यक्ष काजल घिमिरे नानु को अध्यक्षतामा भएको थियो कार्यक्रमको बारेमा जानकारी, रजनी शर्माले गर्नु भएको थियो भने कार्यक्रम संचालन (उद्घोषण) सस्थाको उपाध्यक्ष दिपेन्द्र थापाले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदुत महामहिम श्री प्रल्हाद कुमार प्रसाई ज्यु ले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने,सस्थांको कार्यसमितिका साथीहरु ,गणेश गौतम,दिपेन्द्र थापा,रश्मी केसी,सावित्र लुइँटेल, रानु सुबेदी,देवी सुबेदी हरुबाट स्वागत गीतले उपस्थित सम्पूर्ण अतिथि ज्युहरु लाई स्वागत गरिएको थियो ।

उक्त स्वागत गीत गणेश गौतमको रचना र संगीत रियाज सिवाकोटीले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सस्थांको सचिब कल्पना पौडेल " जिज्ञासु " ले गर्नु भएको थियो । सस्थां को उपलब्धि, प्रगती, गतिबिधि जानकारी सस्थांको तर्फ बाट नीतु खतिवडा ले गर्नु भएको थियो । उक्त कार्यक्रममा उपस्थित एन,आर एन अध्यक्ष सुबास खरेल, हेल्पिं हार्ट्स बाट कृष्ण ज्ञावाली ,नेपाल तामाङ घेदुङ इजरायल बाट बि बि लामा तामाङ्, सस्थां कि सल्लाहाकार भगवती बस्ने लगायत ले कार्यक्रममा शुभकामना मन्तब्य दिनुभएको थियो साथमा सांगेतिक कार्यक्रम प्रस्तुत भएको थियो गणेश गौतम,रानु सुबेदी,रश्मी केसी,रियाज सिवाकोटी ले सुमधुर र कर्ण प्रिय स्वरमा आफ्नो नेपाली पनका गीतहरु पस्किनु भएको थियो भने, रजनी शर्मा, समा श्री राउत, देवी सुबेदी,अम्बिका याफु, कल्पना पौड्याल,माला खनाल भगवती बस्नेत,लगायत साहित्य प्रेमीहरुले सारै भावुक र मिठा गजल बचन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा गजल सङ्ग्रह को बिमोचन तथा लोकार्पण प्रमुख अथिति महामहिम श्री प्रल्हाद कुमार प्रसाई ज्यु बाट भएको थियो साथमा प्रमुख अतिथि महामहिम ज्यु बाट कार्यसमिति साथीहरु ,बसु श्रेष्ठ, रश्मी केसी,रानु सुबेदी माला खनाल,गणेश गौतम,निशा कटवाल,राधा भट्टराई शान्त खवास,अम्बिका याम्फु,मुना सिग्देल आर के शर्मा लगायत लाई परिचय पत्र वितरण गरिएको थियो । साथमा सगरमाथा देखि मृत्य सागर सम्म गजल सङ्ग्रहमा, गजल लेखेर समाबेस हुने साहित्य साथीहरु लाई कदर,हौशला सम्मान स्वरूप प्रमाण पत्र र खादा अबिर बितरण लगायत, नयाँ चयन भएको कार्यसमित को स्वागत नेपाली राजदुता बासका उपनियोग प्रमुख श्री खड्ग प्रसाद दाहाल ज्यु ले गर्नु भएको थियो ।

बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको नया कार्य समिति सावित्रा लुइँटेल को अध्यक्षतामा २९ जनाको कार्यसमिति गठनको घोषणा भएको थियो उक्त समितिमा प्रथम उपाध्यक्षमा दिपेन्द्र थापा,दोश्रो उपाध्यक्षमा देवी सुबेदी, महाचाचिब सानु गुरुङ्, सचिबमा कल्पना पौड्याल, सहसचिबमा,गणेश गौतम, कोषाध्यक्षमा, राधा भट्टराई,सह-कोषाध्यक्षमा,बसु श्रेष्ठ,कार्यकारी सदस्यहरुमा,नीतु खतिवडा,साबि पाठक,मुना ढकाल,धर्मराज भण्डारी,मुना सिग्देल,जमुना घिमिरे,बेद प्रसाद घिमिरे,रजनी शर्मा,अम्बिका याम्फु,शान्त खवास,रश्मी केसी ,रानु सुबेदी,आरके शर्मा, निशा खनाल, समा श्री राउत,चन्द्रकला बानीम, निर्मला भुषाल, सिता तिमिल्सिना, सबित अधिकारी बिमला ढुंगाना,ज्युहरु रहनु भएको छ ।

उक्त कार्यक्रममा पुर्ब अध्यक्ष काजल घिमिरे नानुले निबर्तमान अध्यक्ष सावित्रा लुइँटेल लाई पदबार हस्तान्तरण गर्नु भएको थियो: अन्तमा प्रमुख अतिथिको शुभकामना र कार्यक्रमको समिक्षा मन्तब्य सगै कार्यक्रमको अध्यक्ष बाट उक्त कर्यक्रम बिसर्जन भएको थियो,, 
धन्यबाद, 
 '' बिश्व नेपाली साहित्य महासंघ इसरायल शाखा परिवार ''

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com