सम्बन्ध बिच्छेद गर्नेमा मुटु रोगका सम्भावना अधिक

काठमान्डू बैशाख १०,

मुटुलाई प्रेमको प्रतिक मानिन्छ । जब एक जोडी युवायुवती अथवा दम्पत्तिबिचको सम्बन्धमा दरार आउँछ, मुटु टुक्रिएको बिम्ब प्रस्तुत गरिन्छ । प्रेम वियोग सहनेले मुटु दुखेको र दुखाएको कुरा गर्छन् । 

एउटा अध्ययनले के देखाएको छ भने सँगै रहने जोडी अर्थात् मुटु एक रहेका भन्दा छुट्टिएको जोडी अर्थात् मुटु टुक्रिएकाहरुमा मुटु सम्बन्धि रोग हुने संभावना उच्च हुन्छ । जोडी सँगै रहेका र छुट्टिएका १५ हजार ८ सय २७ जनामा गरिएको अध्ययनले यस्तो देखाएको हो । 

विशेष गरी एक्लिएकी महिलामा मुटु रोगको खतरा बढी देखिएको छ । अमेरिकी अध्ययनकर्ताले दुईचोटी विवाह गर्ने महिलामा भने एकचोटी घरवार बिग्रेका महिलाको भन्दा कम मुटुरोगको खतरा देखिएको पाएका छन् । बिज्ञान पत्रिका ‘सर्कुलेसन’मा छापिएको रिसर्चका अनुसार डिभोर्सले तनावग्रस्त बनाउँछ, जसको असर शरीरमा लामो समयसम्म रहन्छ । तर, ब्रिटिस हर्ट फान्डेसनले वियोग मुटु रोगको कारक भन्नु पहिले गहिरो अध्ययन गर्न माग गरेको छ । 

उसले भनेको छ, ‘हामीलाई पहिलेदेखि नै थाहा छ कि नजिकको मान्छेको मृत्युपछि हृदयरोगको आशंका पहिलेभन्दा बढी हुन्छ ।’ ड्युक युनिभर्सिटीको एक टिम पनि वियोगबारे गरेको एक अध्ययनबाट यस्तै नतिजाको नजिक पुगेको थियो । उसले १९९२ देखि २०१०को बिचमा गरेको रिसर्चमा वियोग ब्यहोर्ने तीनमध्य एकमा मुटु रोगको खतरा हुने नतिजानजिक पुगेको थियो । 

जुन महिलाको एकपल्ट मात्रै वियोग हुन्छ, उसमा २४ प्रतिशत हार्ट अट्याकको खतरा हुन्छ । जबकि श्रीमान्सँगै हुँदा कुनै खतरा थिएन । जुन महिलाले धेरैपल्ट वियोग ब्यहोरेकी छिन् उनमा ७७ प्रतिशतसम्म हार्टअट्याकको खतरा हुन्छ । तर, पुरुषमा भने १० प्रतिशत मात्रै खतरा देखिएको छ । बढीमा ३० प्रतिशतसम्म हुने पनि भनिएको छ । –एजेन्सी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com