चिनी उद्योगमा उखु अभाव

सर्लाही, ६ वैशाख ,

हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगमा उखु अभाव भएको छ ।

मङ्सिर अन्तिम साता सञ्चालनमा आएको सो उद्योगमा विगत छ दिनदेखि उखु अभाव भएको हो । उखु अभावका कारण दिनमा १२ घन्टामात्र उद्योग सञ्चालन हुने गरेको प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । “उखु अभावका कारण उद्योगले ठूलो नोक्सानी व्यहोर्नु परिरहेको छ” उहाँले भन्नुभयो ।

बिहीबारसम्म ३६ लाख ७५ हजार क्विन्टल उखु पेल्ने काम गरिसकेको उहाँले बताउनुभयो । “अब ५० देखि ६० हजार क्विन्टल उखु बाँकी रहेको छ” प्रबन्धक रजकले जानकारी दिनुभयो । आगामी सोमबारपछि उद्योग बन्द गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

सर्लाहीमा सञ्चालनमा रहेका दुई वटा चिनी उद्योग मध्ये पश्चिम धनकौलस्थित अन्नपूर्ण उद्योग गत चैत दोस्रो साता नै उखु अभावमा बन्द भइसकेको छ । जिल्लामा साढे २१ हजार हेक्टर क्षेत्रफलमा उखुखेती गरिएको बताइएको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com