पुरिएका र चेपिएकाहरुको जिवितै उद्धार गर्नेलाई ५० हजार

काठमाडौँ, १७ वैशाख ,

विश्व नेपाली साहित्य महासङ्घले महाभूकम्पमा पुरिएका र चेपिएकाहरुको तत्कालै विवेकपूर्ण र बहादुरीपूर्वक उद्धारमा संलग्न महानुभावलाई हौसलास्वरुप नगद प्रतिव्यक्ति रु ५० हजार घोषणा गरेको छ ।

उद्धारमा प्रभावकारी काम हुन सकोस् भन्ने उद्देश्यले उक्त घोषणा गरिएको हो । पुरिएका र चेपिएकाहरु २१ दिनपछिसम्म पनि जीवितै भेटिएको घटना भएको कारण जीवितै भेट्ने आसका साथ जोडतोडले उद्धारमा लाग्न महासङ्घ बैठकले बुधबार अनुरोध गरेको छ ।

उद्धारमा संलग्न सर्वसाधारण, सेना, प्रहरी जो कसैलाई उनीहरुको कार्यको मूल्याङ्कन गरी नगदसहितको पुरस्कार १० जनालाई दिने लक्ष्य राखिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले बताउनुभयो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com